काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोव कलेजको आयोजनामा हेल्थ क्याम्प २०२३ सम्पन्न भएको छ।
विभिन्न स्वास्थ्य संस्थाहरुको सहभागिता भएको उक्त सिविरमा आँखा जाँच, रक्तदान, स्किन केयर, फिजियो थेरापी, डेन्टल र होलबडी चेकअप जस्ता सेवा दिइएको थियो।
उक्त सिविरमा कलेजका बीबीए, बीबीए बीआई एमबिए र एमबिए (फाइनान्स) कार्यक्रममा अध्ययनरत ६३० विद्यार्थीहरु, कलेजका कर्मचारी र स्थानियवासीलगायत करिब ७८० जनाले सेवाको लाभ लिएका थिए।
सिविरमा कलेजका कार्यकारी निर्देशक डा. गंगाधर दाहालले अहिलेको समाजमा स्वास्थ्यमा कम चासो राख्ने र नियमित स्वास्थ्य जाँच नगराउने जमात बढदै गएकोले यस्तो हेल्थ क्याम्प आवश्यक रहेको बताए । कलेजले यस्ता कार्यक्रम कलेजको स्थापनाकालदेखि नै हरेक वर्ष आयोजना गर्दै आइरहेको छ।
Comments are closed.