पोखरा ।
लायन्स क्लब अफ पोखरा युनियन टाउनको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ६१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष रेशम गौतमले जानकारी दिए । ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि वानका गर्भनर मन बहादुर रोकाले क्लवले उत्कृष्ट काम गरेकोमा प्रशंसा गरे । छोटो समयमा नै क्लवले धेरै राम्रा तथा सामाजिक काम गरेको र आगामी दिनमा पनि यसैगरी लाग्न उनले आग्रह गरे ।
क्लबका अध्यक्ष नारायणहरी तिवारीले कार्यक्रममा सहयोग गर्ने सम्पुर्णमा आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।
Comments are closed.