मानवसेवा आश्रम भवनका लागि युनाइटेड क्लव पोखराद्वारा आर्थिक सहयोग

पोखरा । मानव सेवा आश्रमको भवन निर्माणका लागि युनाइटेड क्लबले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ । कास्कीको हेम्जामा निर्माणाधिन मानवसेवा आश्रम स्थलमा आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञ स्थलमा भवन निर्माणका लागि सहयोग स्वरुप सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले उक्त रकम हस्तान्तरण गरेको हो ।

भवन निर्माण स्थलमा जारी महायज्ञमा क्लबका अध्यक्ष राजु श्रेष्ठको नेतृत्वमा पुगेको क्लबका पदाधिकारी र सदस्यहरुको टोलीले महायज्ञका प्रमुख बाचक भागवत भास्कर कमलनयन गौतमलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त अवसरमा युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, महासचिव दिनेश सुनार, कोषाध्यक्ष सूर्यबहादुर बानियाँ, सदस्यहरु जयराम आचार्य, चन्द्रा पराजुली, शिव थापा, कार्यालय सचिव रेजिना खत्रीलगायतको सहभागिता रहेको थियो ।

स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी युनाइटेड क्लब पोखराले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनको लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद् ब्यवस्थापनमा काम गर्दै आइरहेको क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा सहयोग गरेको युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

युनाइटेड क्लवले सामाजिक कामसंगै सामाजिक उत्तरदायित्व बहन गर्ने कामहरु गर्दै आइरहेको छ । जसअनुरुप कास्कीको हेम्जामा निर्माणाधिन मानव सेवा आश्रमको भवन निर्माणका लागि अन्य संघ संस्थाहरुले जसरी आफुहरुले पनि सहयोग गरेको र सबैको साथ र सहयोगले मानव सेवा आश्रमको भवन पूर्ण हुने बताउदै अन्य ब्याक्ति र संघ संस्थाहरुले समेत यस्तो पुण्य काममा सहयोग गर्न क्लबले आग्रह गरेको छ।

मानव सेवा आश्रममा यस अघि पनि कास्कीको छोरेपाटन शाखामा खाद्यान्न सामग्री वितरण गरिसकेको क्लबका महासचिव दिनेश सुनारले जानकारी दिए । आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व बहन गर्ने कामलाई निरन्तरता दिँदै जाने सुनारले बताए ।

You might also like

Comments are closed.