काठमाडौं । निर्माण उपकरण वितरकहरु मध्ये युनाइटेड इन्फ्रा इक्युपमेन्ट प्रा.लि.ले आफूलाई फरक पहिचानसहितको कम्पनी बनाउन सफल भएको छ । सन् २०१६ देखि ललितपुरको धोविघाटबाट व्यावसायिक सुरुवात गरेको यो कम्पनीले देशभरको बजारमा निर्माण उपकरणहरुको बिक्री वितरण गर्दै आइरहेको छ । निर्माण उपकरणहरुसँग सम्बन्धित व्यावसायिक क्षेत्रम २ दशकभन्दा लामो अनुभव संगालेका युवा व्यवसायी श्यामकृष्ण खड्गीले युनाइटेड इन्फ्राको सुरुवात गरेका हुन् ।
युनाइटेड इन्फ्रा विश्व प्रशिद्ध ब्राण्ड सान्तुई, डेमो इन्जिनियरिङ लिमिटेड कोरिया र अपोलो इन्फ्राटेक इन्डियाका लागि नेपालको आधिकारिक बिक्रेता हो । व्यवसाय सुरुवात गरेको पहिलो वर्षमा नै डेमोको कोरियन ब्रेकर र सान्तुईको ग्रेडरलाई नेपाली बजारमा मुख्य ब्राण्डका रुपमा स्थापित गर्न कम्पनीका प्रवन्ध निर्देशक खड्गी सफल भए । सान्तुईका अन्य मेसिनहरु न्युमेटिक टायर रोलर, सोयल कम्प्याक्टर, ह्विल लोडर र बुल डोजर पनि ग्राहकको मुख्य रोजाईमा पर्न सफल भएको खड्गी बताउँछन् ।
शाखा र डिलरहरु विस्तार गरी प्रा.लि.ले देशभरका मुख्य शहरबाट सान्तुई, डेमो इन्जिनियरिङ लिमिटेड कोरिया र अपोलो इन्फ्राटेक इन्डियाका उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले बिक्री वितरण गर्दै आएका सबै ब्राण्डै उत्कृष्ट रहेको खड्गीले बताए । सान्तुईलाई चिनियाँ भाषामा ‘पहाडको राजा’ भनेर पनि चिनिन्छ । ‘बुल डोजरहरुको दुनियामा सान्तुई संसारभर लोकप्रिय छ,’ खड्गीले भने, ‘उत्कृष्ट ब्राण्ड भएकाले नेपाली बजारमा पनि सान्तुईप्रति ग्राहकको विश्वास र आकर्षण बढ्नु स्वभाविक हो ।’
बिक्री पछिको सेवामा गरेको मेहनत र लगानीबाट नै आफूले ब्राण्डलाई स्थापित गर्न सफल भएको खड्गी बताउँछन् । ‘बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै सेवा प्रदान गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो सेवाबाट हाम्रा ग्राहकहरु सन्तुष्ट हुनुहुन्छ ।’ आगामी दिनमा बिक्री पछिको सेवालाई अझ प्राथमिकतामा राख्दै ग्राहककोे विश्वास जित्दै अगाडि बढ्ने उनले बताए ।
Comments are closed.