उन्नति सहकारी पनि अर्ब क्लबमा

पोखरा । पोखराको नयाँबजारमा केन्द्रीय कार्यालय रहेको उन्नति बचत तथा ऋण सहकारी संस्था पनि अर्ब क्लबमा प्रवेश गरेको छ । सहकारीले गत आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण सार्वजनिक गरेको छ ।

संस्थाले गत आवको असार मसान्तसम्म ७६ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । सो अवधिमा ७८ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी भएको अध्यक्ष राजेश रानाभाटले आर्थिक आवाजलाई जानकारी दिए । सहकारीको जगेडा तथा अन्य कोषमा ३ करोड ६७ लाख रुपैयाँ छ भने ऋण नोक्सानी कोषमा ७८ लाख रुपैयाँ छ । सहकारीको ब्यालेन्स सिट १ अर्ब ३ करोड रुपैयाँ रहेको रानाभाटले जानकारी दिए ।

सहकारीमा ५ हजार ५ सय ६७ जना सेयर सदस्य आबद्ध छन् भने सेयर पुँजी ८ करोड ५४ लाख रुपैयाँ छ । सहकारीमा २० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

एक अर्ब रुपैयाँ भन्दा बढी ब्यालेन्स सिट भएका पोखराका अन्य सहकारीहरुमा पोखरा रोयल बचत तथा ऋण सहकारी, कोन सामुदायिक बचत तथा ऋण सहकारी, प्राइम बचत तथा ऋण सहकारी, गौरीशंकर बचत तथा ऋण सहकारी, सयपत्री बचत तथा ऋण सहकारी, फेवा बचत तथा ऋण सहकारी र पोखरा बचत तथा ऋण सहकारी छन्

र यो पनि

अर्ब क्लबमा उक्लन सफल कास्कीका यी सहकारीहरु

You might also like

Comments are closed.