पोखरा । पोखराका २ स्थानमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन् ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले शनिबार आयोजना गरेको शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण सेवा पाउँदा बिरामीलाई लाभ मिलेको छ । सहयात्री बचत तथा ऋण सहकारीको साधारण सभामा भएको शिविरमा २०५ जनाको मधुमेह र रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी परीक्षण गरिएको आयोजकले जनाइएको छ ।
नवीन बचत तथा ऋण सहकारीको १९ औं साधारणसभा आयोजित शिविरमा १८० जनाको निशुल्क रक्त परीक्षण गरिएको छ । शिविरमा थाइराइड (टिएसएच) र क्रेटिनाइन (मिर्गाैलासम्बन्धी रक्त जाँच) सित्तैमा गरिएको हो । १२ वर्षअघि पोखरामा स्थापना भएको युआरएल गण्डकी प्रदेशको एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब हो ।
युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थले १२ वर्षको अवधिमा युआरएल आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी २०९ जनाको निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिए । यो अवधिमा साढे ३ लाख जनाले शिविरबाट निशुल्क रगत जाँच सुविधा लिएको उनको भनाइ ।
Comments are closed.