शाखा विस्तारलाई तिब्रता दिदै युआरएल, वालिङमा सेवा सुरु, हस्पिटलचोकमा खुल्दै

 

वालिङ । शाखा तथा सेवा विस्तारमा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (युआरएल) आक्रामक बनेको छ । पोखराको न्युरोडस्थित गिरी कम्प्लेक्समा प्रधान कार्यालय रहेको प्रा.लि.ले सेवा विस्तारलाई तिब्रता दिएको हो । यसै क्रममा प्रा.लि.ले स्याङजाको वालिङमा शाखा विस्तार गरेको छ । शाखाले आजबाट सेवा सुरु गरेको प्रा.लि.का अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए ।

भिरकोट, गल्याङ, चापाकोट नगरपालिका, कालिगण्डकी गाउँपालिका लगायतका सेवाग्राहीलाई लक्षित गरी वालिड नगरपालिका –८ तल्लो वालिङमा युआरएलको शाखा विस्तार गरेको हो । ‘वालिङ तथा आसपासका क्षेत्रका सेवाग्राहीलाई लक्षित गरी शाखा सञ्चालनमा ल्याएका हौं,’ पन्तले भने, ‘वालिङमै स्तरीय ल्याब भएपछि यहाँका धेरै सेवाग्राही लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।’ शाखा सञ्चालनको अवसरमा विशेष छुटमा सेवा प्रदान गरिरहेको पन्तले जानकारी दिए ।

दक्ष र अनुभवि मेडिकल बायोकेमिष्ट, टेक्नोलोजिष्ट, टेक्निसियन गरि पाँच जना प्राविधिकहरुले फुल्ली अटोमेटिक एनालाइजर मेसिनहरुबाट रक्त परीक्षण गरी तुरुन्तै रिपोर्ट प्रदान गर्ने गरी वालिङमा सेवा विस्तार गरिएको प्रा.लि.ले जनाएको छ ।

२०७० मंसिर २३ गतेबाट सेवा सुरु गरेको युआरएलले प्रधान कार्यालपोखरासहित तनहुँको दमौली, दुलेगौंडा र लमजुङको बेशीशहरमा शाखा विस्तार गरिसकेको छ । पोखराकै हस्पिटलचोकमा समेत युआरएलले शाखा विस्तारको तयारी गरिसकेको छ । आगामी वैशाख पहिलो साताबाटै हस्पिटलचोक शाखा सञ्चालनमा आउने पन्तले जानकारी दिए ।

गण्डकी प्रदेशका मुख्य सहरमा शाखा खोलेर प्रदेशका बासिन्दालाई गुणस्तरीय सेवा पु¥याउन युआरएल लागिपरेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भूपेन्द्रराज पाण्डेयले बताए ।

You might also like

Comments are closed.