उत्प्रेरणा बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

चितवन । खैरहनी नगरपालिका स्थित उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामामा भएको साधारणसभामा खैरहनी नगरपालिकाका उप-प्रमुख कविता उप्रेती प्रमुख आतिति रहेकी थिइन् ।

कार्यक्रममा खैरहनी-८ का वडा अध्यक्ष शंकर कँडेल, खैरहनी चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठ विशिष्ट अतिथि रहेका रहेका थिए । त्यस्तै, कार्यक्रममा खैरहनी मा.वि जन्मोत्सव तथा स्मृति अक्षय कोषका संयोजक मुरलीप्रसाद गजुरेल, पूर्वी चितवन पत्रकार मञ्चका सचिव धुर्वराज खनाल, समावेशी खबरका प्रबन्ध निर्देशक विकास पौडेल, सजिलोपाटिका प्रबन्ध निर्देशक सुरज बराकोटीलगायतका अतिथि रहेका थिए ।

को आतिथ्यतामा २०७९ पुष १५ गते डिज्नी पार्क एण्ड रिसोर्टको सभा हलमा सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष राजु गौतमले राखेका थिए। मन्तव्यको क्रममा खैरहनी मा।वि जन्मोत्सव तथा स्मृति अक्षय कोषका संयोजक मुरलि प्रसाद गजुरेल, खैरहनी- ८ का वडा अध्यक्ष शंकर कडेल,चेम्बरका अध्यक्ष प्रकाश श्रेष्ठ एवं खैरहनी नगर उप-प्रमुख कविता उप्रेतीले शुभकामना दिदै

सहभागीहरुले सहकारीको मुल उद्देश्य भन्दा बाहिर नगई तिन खम्बा अनुरूप सबैलाई समेटेर आर्थिक उन्नतीलाई पहिलो प्रथामिकतामा राखे समृद्ध नेपाल निर्माण हुनेमा जोड दिएका थिए । आर्थिक विवरण ०७८/०७९ को प्रस्तावित वित्तीय लक्ष्य तथा बजेट कोषाध्यक्ष रामचन्द्र कोईरालाले प्रस्तुत गर्नुका साथै प्रगति विवरण तथा ०७९/०८० को भावी कार्य योजनाहरू सचिव नारायणप्रसाद महतोले सुनाएको थिए।

खैरहनी नगरपालिकामा २०७०।०७१ आर्थिक वर्षमा स्थापना भएको उक्त संस्थाले छोटो समयमा वित्तीय सूचांकमा उल्लेख्य सफलता हासिल गरेको संस्थाका कार्यकारी निर्देशक उत्तम अधिकारीले बताए। बन्द सभाभित्र आर्थिक प्रतिवेदनमाथि प्रस्तुत गर्दै उनले समृद्ध जीवनका लागि सहकारी भन्ने मूल लक्ष्य लिएर स्थापना भएको संस्थाले संस्थागत सुशासन, आर्थिक पारदर्शिता र समृद्धिलाई मूलमन्त्र मानेको उल्लेख गरे ।

संस्थामा स्थानीय समुदायका प्रतिष्ठित ब्यापारी, किसान, बैंक वित्तीय संस्थाहरूमा पहुँच नपुग्ने व्यक्तिहरूको सहभागिता रहेको भन्दै निर्देशक अधिकारीले सदस्यहरूकै विश्वासका कारण आर्थिक मन्दी र असहज वित्तीय परिस्थितिमा पनि संस्थाले वित्तीय सूचांकहरूमा छलाङ मार्न सकेको बताए ।

lcci
You might also like

Comments are closed.