‘भि-वोन यु मि एण्ड द वेभ-२०२२’ सम्पन्न, नयाँ कुर्सीहरु प्रदर्शन

काठमाडौं । भि-वोनका कुर्सीहरुका लागि नेपाल भरका बिक्रेताहरुको भेटघाट कार्यक्रम काठमाडौैंमा सम्पन्न भएको छ । विगत ४ वर्षदेखि नेपाली बजारमा अफिस तथा घरको प्रयोगका लागि भि-वोनका कुर्चीहरु बिक्री वितरण हुँदै आइरहेको छ । नेपाली बजारमा भि–वोनका कुर्चीहरु सर्वाधिक लोकप्रिय रहेको कम्पनीले जनाएको छ ।

‘भि-वोन यु मि एण्ड द वेभ २०२२’ कार्यक्रम सोल्टी होटलमा आयोजना भएको हो । वर्ष २०२३ का लागि कम्पनीले नयाँ आकर्षक तथा इर्गोनोमिक्स (कुर्सीमा बस्दा शरिरको भार अनुरुप संयोजन गर्ने तरिका) कुर्सीहरु प्रदर्शित गरी अवका केहि दिनमा नेपाल भरीका भि-वोन विक्री स्थलमा उपलव्ध हुने कम्पनीले जनाएको छ ।

भेलामा मोन्टेश्वरी कुर्सी (बेबी चेयर) को पनि प्रदर्शन गरिएको थियो । मन्टेश्वरी कुर्सी निकै आकर्षिक भएकाले सबैको ध्यान आकर्षित गरेको बताइएको छ । भि-वोन को मोन्टेश्वरी कुर्सी आकर्षक र बलियो छन् ।

jutta mela

केडीया समूहद्वारा देशभर भि–वोन कुर्सी विक्री वितरण भइरहेको छ । विक्री पश्चात मर्मत/वारेन्टी सम्बन्धी कार्यतालिकालाई विगत भन्दा अरु सहज/सुलभ तरिकाबाट ग्राहकलाई सेवा दिने कार्यक्रममा प्रतिबद्धता जनाइएको छ ।

You might also like

Comments are closed.