१९ हजार बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको खोप

मान्म । कालीकोटमा १९ हजार ४ सय २ बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ । लक्ष्यभन्दा ३ सय ७२ थप बालबालिकालाई सो खोप लगाइएको हो ।

यही पुस १२ गतेदेखि सञ्चालन गरिएको खोप अभियान जिल्लाका नौवटा स्थानीय तहका ८२ वटा वडाका विभिन्न १ सय ४२ वटा विद्यालय तथा स्वास्थ्य संस्था सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी कटकबहादुर मतले भने, “१२ देखि १७ वर्ष उमेर समूहका शत्प्रतिशत बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप दिएका छौँ । खोप नियमित रुपमा लगाउने व्यवस्था गरेका छौँ ।”

जिल्लामा गत २०७७ माघदेखि हालसम्म विभिन्न चरणमा गरी ७० हजार ५ सय ४२ जना नागरिकलाई पहिलो र २९ हजार ३ सय ७५ जनालाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप लगाएको उनले जानकारी दिए ।

खोप नलिएका १८ वर्षमाथिका नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोपसमेत लगाइने व्यवस्था गरिएकोे सूचना अधिकारी महतले जानकारी दिए ।

You might also like

Comments are closed.