शैक्षिक संस्था दुई दिन बिदा नगर्न भक्तपुर नगरपालिकाद्वारा आग्रह

काठमाडौं । भक्तपुर नगरपालिकाले शैक्षिक संस्थालाई शनिबार र आइतबार बिदा नगर्न अनुरोध गरेको छ ।

आइतबार नगरपालिकाले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयको सूचनाअनुसार संवत् २०७९ जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भएता पनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउनुहुन अनुरोध छ ।’

jutta mela

शिक्षा मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय देशभरका सबै शैक्षिक संस्थामा कार्यान्वयन गर्ने केही दिनअघि निर्णय गरेको थियो ।

सरकारको निणर्य विपरित सरकारको निर्णय तत्काल लागू नगर्न नगरपालिकाले सबै सबै सामुदायिक र निजी विद्यालयलाई पत्र पठाएको छ ।

 

You might also like

Comments are closed.