नक्सा अनुरुप भवन निर्माण गरेका छौं : वर्णबास म्युजियम होटल

काठमाडौं । बालुवाटारमा निर्माणाधिन ‘वर्णबास म्युजियम होटल’ ले भवन निर्माण गर्दा महानगरबाट नक्सा भए अनुरुप दक्षिणतर्फ टुकुचा खोलाको किनाराबाट ५ देखि ६ मिटर जमिन छोडेर निर्माण गरिएको जनाएको छ ।

साथै भविष्यमा टुकुचा किनाराबाट विस्तार हुन सक्ने सडकलाई प्रचलित नियमअनुरुप मार्ग प्रशस्त गरिएको समेत होटलले प्रेस विज्ञप्तिमार्फत स्पष्ट पारेको छ। बुधबार विज्ञप्ति जारी गर्दै होटलले निर्माण सुरू गर्नु अगाडि नै प्रारम्भिक वातावरणीय परीक्षा पास गरेको र भवन नक्सा पास भएअनुरुप नै बनाइएको जनाएको छ ।

होटलले काठमाडौं महानगरको भवन निर्माणसम्बन्धी नीतिले टुकुचा खोलाको किनाराबाट होटलको जमिनतर्फ ५ मिटर छाड्नुपर्ने वा मध्य भागबाट छाड्नु पर्ने भनेर स्पष्ट नपारे पनि निर्माणाधिन संरचनाको चारैतिर ५.५ मिटर जमिन छाडिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

काठमाडौं महानगर, नापी विभागबाट पटक-पटक जग्गा नाप्दा पनि त्रुटी नभेटिएको होटलले दाबी छ । खोलामा पानीको बहाव बढ्दा हुन सक्ने क्षतिलाई न्यून गर्न पक्की कम्पाउन्ड लगाइएको र सडकलाई आवश्यक पर्ने जमिन पनि खाली गरि कुनै संरचना निर्माण नगरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपालका विभिन्न जातजाति, भेगहरूको मौलिक परम्परा झल्काउने गरी होटलको निर्माण भइरहेको छ । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी भएको होटलको लगानी एक अर्ब १६ करोड रहेको छ ।

You might also like

Comments are closed.

Secret Link