आज कुन तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज तरकारी तथा फलफूलको मूल्य ३ रुपैयाँदेखि ७० रुपैयाँसम्मले बढेको छ।

फलफूलमा आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३९० रुपैयाँ, हरियो अंगुर ३ रुपैयाँले बढेर २९३ रुपैयाँ ३३ पैसा, अनार प्रतिकेजी ३९० रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, किवी ८ रुपैयाँले बढेर २३३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ।

अदुवा ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेँडा, लोकल काँक्रो ५५ रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, रातो आलु गएको साता भन्दा ५ रुपैयाँ बढेर ६२ रुपैयाँ ५० पैसा कायम रहेको छ भने रातो भारतीय आलु ३ रुपैयाँले घटेर ३३ रुपैयाँ, सेतो आलु २ रुपैयाँले घटेर प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा कायम छ।

त्यस्तै, भिण्डी ३५ रुपैयाले बढेर ११० रुपैयाँ, स्थानीय काउली १० रुपैयाँले घटेर ४५ रुपैयाँ, कागती १० रुपैयाँले बढेर १२० रुपैयाँ, अकबरे खुर्सानी १३ रुपैयाँले बढेर १६३ रुपैयाँ ३३ पैसा, लोकल गाँजरको औसत मूल्य प्रतिकेजी १२६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेँडा घटेर ३१ रुपैयाँ, राजमा घिउ सिमी ९६ रुपैयाँ ६७ पैसा, घिरौँला ६६ रुपैयाँ, चमसूरको साग ११७० रुपैयाँ, कन्य च्याउ ४० रुपैयाँले घटेर ९२ रुपैयाँमा किनबेच भइरहेको छ।

You might also like

Comments are closed.

Secret Link