बौद्धमा भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर विस्तार

काठमाडौं । डेल्टा अटोकर्प प्रालिले भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर विस्तार गरेको छ । ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न बौद्धस्थित पिपलबोटमा नयाँ सर्भिस सेन्टर विस्तार गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रा ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं । यो नयाँ सर्भिस सेन्टरले भेष्पा अप्रिलियाका ग्राहकलाई सहज र भरपर्दो सेवा सुनिश्चित गर्नेछ ।’

नयाँ सेन्टरमा अत्याधुनिक उपकरणहरू र अनुभवी प्राविधिकहरू उपलब्ध छन्, जसले स्कुटरको मर्मत र सेवालाई प्रभावकारी बनाउनेछ । ग्राहकले अब स्पेयर पाट्र्स, सर्भिस र मर्मतका लागि एउटै छानामुनि सुविधा पाउनेछन् ।

कम्पनीका निर्देशक एवं सीईओ विजय महतोले नयाँ सर्भिस सेन्टरले ग्राहकलाई बिक्रीपछिको सेवाको दायरा फराकिलो बनाउने बताए । ‘भेष्पा अप्रिलियाका ग्राहकले अब आफ्नो स्कुटरको मर्मतका लागि सहजै सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्नेछन्’ उनले भने ।

You might also like

Comments are closed.