भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन

काठमाडौं । डेल्टा अटोकर्प प्रालिले भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन गरेको छ । डेल्टा अटोकर्प प्रा.लि भेष्पा अप्रिलिया, नेपालको लागि आधिकारिक बिक्रेता हो ।

ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ । यो नयाँ सर्भिस सेन्टर पिपलबोट, बौद्ध, काठमाडौंमा अवस्थित छ । भेष्पा अप्रिलियाको सबै स्कुटरको लागि पूर्ण–सुविधा सम्पन्न सेवा प्रदान गर्न तयार छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रा ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्धता छौं । यो नयाँ सर्भिस सेन्टरले भेष्पा अप्रिलियाका ग्राहकलाई सहज र भरपर्दो सेवा सुनिश्चित गर्नेछ ।”

नयाँ सेन्टरमा अत्याधुनिक उपकरणहरू र अनुभवी प्राविधिकहरू उपलब्ध छन्, जसले स्कुटरको मर्मत र सेवालाई प्रभावकारी बनाउनेछन् । ग्राहकले अब स्पेयर पाट्र्स, सर्भिस र मर्मतका लागि एउटै छानामुनि सुविधा पाउनेछन् ।

कम्पनीका निर्देशक एवं सीईओ विजय महतोले नयाँ सर्भिस सेन्टरले ग्राहकलाई बिक्रीपछिको सेवाको दायरा फराकिलो बनाउने बताए । भेष्पा अप्रिलियाका ग्राहकले अब आफ्नो स्कुटरको मर्मतका लागि सहजै सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्नेछन् ।

कम्पनीले ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ । यो नयाँ सेन्टरले ग्राहकलाई थप सुविधा प्रदान गर्ने जनाइएको छ ।

You might also like

Comments are closed.