काठमाडौं । विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोट्र्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ ।
लोकप्रिय इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट नेपाल प्रिमियर लिगमा सहभागी टिम चितवन राइनोजको कनेक्टिभिटी पार्टनर बनेको छ । एक कार्यक्रमकाबीच भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख साञ्चलन अधिकृत डा. आशिष खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ देखि मंसिर २७ (नोभेम्बर १७ देखि डिसेम्बर १३, २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ । राष्ट्रिय खेलाडी कुशल मल्ल चितवन राइनोजका मार्की खेलाडी हुन् ।
“हामी खेलकुदसँग सुरुदेखि नै जोडिएका छौं । खेलमा हाम्रो लगानी व्यवसायिक भन्दा बढी जिम्मेवारीको कुरा हो । यो हाम्रो समाज र नयाँ पुस्ताप्रतिको लगानी हो, जसले देशभित्र सकारात्मक ऊर्जा फैलाउन मद्दत गरिरहेको छ । अझ खेलकुदले इन्टरनेटले जस्तै मानिसलाई नजिक ल्याउँछ, एकअर्कासँगको सम्बन्ध बलियो बनाउँछ । यही कारण हामी खेल क्षेत्रलाई निरन्तर साथ दिइरहेका छौं,” भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभ(ागका उपाध्यक्ष शहिन श्रेष्ठले भने ।
![]()
भायानेटले स्थापना समयदेखि नै खेलकुदलाई आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा बनाउँदै आएको छ । यसअघि भायानेट फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र भदौमा सम्पन्न कर्पोरेट क्रिकेट लिग दुबैको टाइटल स्पोन्सर बनेको थियो । चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ लाई ब्राण्ड एम्बेसडर घोषणा गर्दै ‘साम्बा प्याक’ पनि सार्वजनिक गरेको थियो ।
चितवन राइनोजसँगको यस सहकार्यमार्फत भायानेटले खेलाडीको मनोबल, दर्शकको भावना र देशभरका खेलप्रेमीहरूलाई एकै ठाउँमा जोड्ने सेतुको रूपमा भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।








Comments are closed.