अहिलेको अवस्थामा अटोमोबाइल व्यवसाय धरापमा छ । गाडी बिक्री भएका छैनन् । कमर्सियल भेइकललाई बैंकले फाइनान्स नगरेको अवस्था छ । स्पेयर पार्टस, टायर, लुब्रिकेन्ट्सको व्यापारको अवस्था पनि राम्रो छैन । अहिले सम्पूर्ण अटोमोबाइल व्यवसायमा नकारात्मक असर देखिएको छ । पहिले र अहिलेको अवस्था तुलना गर्ने हो भने करिब ६० प्रतिशत मार्केट डाउन छ ।
आर्थिक मन्दी लगायत कारणले अहिलेको अवस्थामा काम गर्न धेरै चुनौती छ । सरकारको राजश्वमा पनि यतिबेला गिरावट आएको छ । अटोमोबाइल आयात कम भएले राजश्व धेरै घटेको छ । अहिले पनि करिब ३ हजारभन्दा धेरै गाडी भन्सारमा छन् । हामीले गाडी किनेको पैैसा पठाइसकेका छौं तर गाडी ल्याएर बेच्न पाएका छैनौं । ती गाडी फिर्ता लिन अथवा रिएक्सपोर्ट गर्न कम्पनी तयारी अवस्थामा छन्, त्यसका लागि सरकारले नीतिमा परिवर्तन गर्न जरुरी छ ।
मार्केटलाई चलायमान बनाउन निर्माण क्षेत्र काम र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्छ । पछिल्लो समयमा कन्स्ट्रक्सन क्षेत्रमा कामको कुनै गति छैन । सबै मोविलिटी कन्स्ट्रक्सनले धानेको हुन्छ, तर यतिबेला कन्स्ट्रक्सनको काम सुस्त गतिमा छ । कतै परियोजना आएका छन् तर कार्यान्वय भएका छैनन् । कतै काम भएको छ तर व्यवसायीले पैसा नपाएको अवस्था छ । कन्स्ट्रक्सन सेक्टर मुभ नहुँदासम्म अन्य सेक्टर पनि मुभ हुने अवस्था छैन । यातायात व्यवसायलाई चलायनमान बनाउन पनि कन्स्ट्रक्सन लगायत विकास निर्माणको काममा गति दिन आवश्यक छ ।
व्यवसायलाई व्यवस्थित र दीगो बनाउन सरकारको नीतिले धेरै प्रभाव पारेको हुन्छ । कुनैपनि व्यवसाय गरिरहँदा नाफा भइहाल्छ भन्ने हुँदैन । हामीले करिब ५ वर्षको क्याल्कुलेसन लिएर बसेका हुन्छौं । सरकारले हरेक वर्ष त्यो पनि अर्धवार्षिक रुपमा नीति परिवर्तन गर्दै गयो भने त्यसले व्यवसायीलाई धेरै असर पर्छ । सरकारले दीर्घकालीन रुपमा स्थीर नीति नल्याउदासम्म अप्ठ्यारो हुन्छ । बाहिरबाट ल्याउने भनिएका प्रोजेक्ट ल्याउन पनि गाह्रो हुन्छ ।
कुराकानीका आधारितः
Comments are closed.