टायरमा नेपाली उत्पादनको खपत बढाउनुपर्छ

बिक्रम सिंघानिया
सचिव, नाडा
नेपालमा उत्पादन भएको टायर राम्रो छ । प्रयोगमा सबैले जोड दिने हो भने हाम्रो देशमा बनेको टायरले राम्रो बजार पाउनेछ । बाहिरबाट आयातित टायर प्रयोग गर्दा नेपाली टायरले बजार कम पाएको छ । यसले नेपाली टायरको बजार खुम्चिन पुगेको अनुुभूति भएको छ ।

हामी सबैले पहल गर्ने हो भने नेपाली टायरबाट आत्मनिर्भर रहन सक्छौं । यसको लागि हामीसंग प्रशस्त सम्भावना छन् । अहिलेको परिवेशमा भन्ने हो भने टुह्लिर टायरमा आत्मनिर्भर बन्न सक्ने हाम्रो प्रक्षेपण छ । एसेम्बल उद्योगहरुले पनि नेपाली टायरलाई प्राथमिकता दिन जरुरी छ ।

सरकारले सकेसम्म नेपाली उत्पादन नै प्रयोग गर्ने भनेपनि बाहिरबाट आयातित टायर नेपाल भित्रिरहेका छन् । नेपाली उत्पादनलाई प्रोत्साहन, प्रवद्र्धन र प्रयोगमा ल्याउन बाहिरबाट टायर आयातमा रोक लगाउनुपर्ने हुन्छ । यसो भयो भने व्यवसायी तथा उपभोक्ताले लाभ लिन सक्नेछन् ।

नेपालको आर्थिक अवस्था मजबुत बन्दै जानेछ । अहिलेको सन्दर्भमा नेपाली बजारमा टायरको बजार फरक–फरक खालको छ । टिपर, ट्रक, कन्स्ट्रक्सन, इक्वीपमेन्ट, मोटरसाइकल, गाडीका लागि बेग्लाबेल्लै खालको बजार छ । कन्स्ट्रक्सनमा धेरै प्रोजेक्ट चाइनिज कम्पनीलाई दिइएको छ ।

चाइनिज प्रोजेक्टलाई जिम्मेवारी दिदा नेपाली उत्पादनलाई उसले ठाउँ दिदैन । चीनबाटै सामान आयात गराउने र नेपाली बजारमा खपत गराउने कार्य भइरहेको छ । यसले गर्दा पनि नेपाली उत्पादनले बजार कम पाएको छ ।

 

You might also like

Comments are closed.