भिभोको वाई१५सी फोन नेपाली बजारमा

काठमाडौं । विश्वको अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी नेपाली बजारमा सार्वजनिक गरेको छ । सिमलेस अनुभव सुनिश्चित गर्न वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ ।

युवा प्रयोगकर्ताहरूको जीवनशैलीसँग मिल्ने र दिनभर निर्वाध चलिरहने शक्तिशाली ह्यान्डसेट चाहने युवा र ‘अन द गो’ उपभोक्ताहरूको जीवनशैलीअनुरूप वाई१५सी लाई डिजाइन गरिएको हो। वाई१५सी को लन्चसँगै, भिभोले युवाहरूलाई प्रचुर विशेषता भएको स्मार्टफोनहरू र विभिन्न मूल्य दायराहरूमा अर्थपूर्ण नवीनता प्रदान गर्ने आफ्नो दृष्टिकोणलाई अगाडि बढाएको हो ।

उत्कृष्ट क्लिकका लागि नयाँ युगको क्यामेरा
वाई१५सी मा १३एमपी एआई डुअल क्यामेरा र २एमपी सुपर क्याक्रो क्यामेरा सेटअप जसबाट उच्चस्तरीय फोटोग्राफी अनुभव लिन सकिन्छ। साथै, उत्कृष्ट सेल्फीहरूका लागि यसमा ८एमपी फ्रन्ट क्यामेरा छ। वाई१५सी ले दैनिक सुटिङ अनुभवलाई सहज बनाउन फेस ब्युटी, फोटो, भिडियो, लाइभ फोटो, टाइम–ल्याप्स, पानोरोमा र प्रो मोड प्रस्तुत गर्दछ ।

jutta mela

लामो समयसम्म टिक्ने शक्तिशाली ब्याट्री
वाई१५सी मा ५ हजार एमएएच ब्याट्री छ, जुन दैनिक कार्यका लागि पर्याप्त हुन्छ । यसलाई एकपटक पूर्ण चार्ज गरेपछि १८.७४ घण्टासम्म चलचित्र हेर्न वा ७.८९ घण्टा गेम खेल्न सकिन्छ। यसमा ५भोल्टको रिभर्स चार्जिङ छ ।र, पावर बैंक जस्ता अन्य उपकरण चार्ज गर्न प्रयोग गर्न सकिन्छ ।

इमर्सिभ प्रदर्शन र स्टाइलिस डिजाइन
वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ, जसले प्रयोगकर्ताहरूलाई भिडियो स्ट्रिमिङ, इन्टरनेट सर्फिङ र गेम खेल्दा इमर्सिभ अनुभव प्रदान गर्दछ । यसको आई प्रोटेक्सनले गर्दा दिनभरी फोन चलाए पनि आँखा थकित हुँन दिँदैन् । प्रभावशाली विशेषताहरू भएको यो स्मार्टफोन ८.२८एमएम पातलो छ, हलुका तौल र फोन बोक्दा आरमदायी अनुभव प्रदान गर्दछ ।

आकर्षक रंगहरू तथा विशेषताहरू
वाई१५सी दुईवटा आकर्षक रंगमा- मिस्टिक ब्लू र वेभ ग्रिनमा उपलब्ध छ । यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, फेस एक्सेस, बोकेह मोड, औरा स्क्रिन लाइट, मल्टी टर्बो ३.०, आईम्यानेजर, इजीसेयर लगायतका विशेषताहरू छन् । यो फनटच ओएस १२ (एन्ड्रोइड १२) मा सञ्चालित छ । वाई १५सी ३ जीवी र्याम र ३२ जीवी रोममा १७ हजार ९ सय ९९ मा देशभरका रिटेल स्टोरहरूमा उपलब्ध छ ।

You might also like

Comments are closed.