मोहनबाबु खड्का
पूर्व अध्यक्ष, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन
पोखरामा पहिलो पटक ‘वाडा अटो शो २०२५’ आयोजना गरिएको छ । धेरै पटक पोखरामा अटो शो गर्नका लागि तयारी भएको थियो तर गर्न सकिएको थिएन । अहिले हाम्रो छाता संस्था नाडाको अग्रसरतामा तथा वाडाका अध्यक्ष दिपेन्द्र कोइराला, संयोजक निरन केसी लगायत वाडाको बर्तमान टिमको सक्रियताका कारण अटो शो आयोजना गरिएको हो ।
अटो शो पोखरामा आयोजना हुँदा समग्र गण्डकी प्रदेशले लाभ लिन सक्छ । यहाँका व्यवसायीहरुको व्यवसायमा सकारात्मक प्रभाव पर्ने हामीले अपेक्षा गरेका छौं । मोटर खरिदका लागि छुट तथा अफरको अपेक्षासहित दसैं कुर्नुपर्ने अवस्था थियो । यहाँ आयोजित अटो शोमा पनि कम्पनीहरुले आकर्षक अफरहरु ल्याउने हुँदा ग्राहकले दशैं नै कुनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
पोखरामा अटो शो आयोजना गर्न लागि नाडा अध्यक्ष करण चौधरी लगायत नाडाको बर्तमान टिमले प्रदान गरेको साथ र सहयोग पनि प्रशसंनीय छ । पहिलो पटक आयोजना भएको वाडा अटो शोलाई आगामी वर्षहरु पनि निरन्तरताका लागि सबैको सक्रियता आवश्कता छ । पहिलो पटक भएका कमिकमजोरी सुधार गर्दै आगामी दिनहरुमा अझै राम्रोसँग वर्षेनी अटो शोलाई निरन्तरता दिनुपर्दछ ।
Comments are closed.