दिपेन्द्र भण्डारी
सचिव, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन
पोखराको अमरसिंहचौरमा पहिलो पटक ‘वाडा अटो शो २०२५’ सञ्चालन भइरहेको छ । हामीले स्थानीय सरकार, वडा कार्यालय, स्थानीय आमा, महिला समूह, क्लब लगायतका विभिन्न संघसंस्थासंग समन्वय गरेर काम गरिरहेका छौँ ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा चैत १४ देखि १७ गतेसम्म आयोजना गरिएको पहिलो संस्करणको ‘वाडा अटो शो २०२५’ मा स्थानीय क्षेत्रबाट राम्रो साथ र सहयोग मिलेको छ ।
‘वाडा अटो शो २०२५’ ले अटोमोबाइल व्यवसायी तथा यस क्षेत्रमा सम्बन्धित मात्र नभई यसले स्थानीयस्तरमा पनि उत्साह थपेको छ । पोखरामा पहिलो पटक आयोजना भएको हुँदा यसलाई सफल बनाउन सबै क्षेत्रको साथ सहयोग उत्तिकै छ ।
पोखरा क्षेत्रको समग्र विकासमा तथा आर्थिक गतिविधि बढाउन योगदान पुग्ने हाम्रो अपेक्षा छ । आर्थिक मन्दीको समयमा गाडीहरु बिक्री गर्न, आफ्नो ब्राण्डलाई ग्राहक समक्ष चिनाउन अटो शोले योगदान गर्नेछ ।
Comments are closed.