आकर्षक अफर, गाडी खरिद र बुकिङमा आकर्षण

अशोक चालिसे/कोषाध्यक्ष, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन

लामो समयको प्रयास पछि हामीले पोखरामा ‘अटो शो’ आयोजना गर्न सफल भएका छौँ । नाडाको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले आयोजनामा पहिलो संस्करणको अटो शोलाई भव्य बनाउन हामी सक्रियताका साथ लागिरहेका छौं ।

अटो शोमा करिव १ सय भन्दा धेरै गाडी डेलिभरी हुन्छन् भन्ने हामीले अपेक्षा गरेका छौं । त्यो भन्दा धेरै संख्यामा गाडीहरु बुकिङ हुनेछन् । टु ह्विलर्समा पनि उल्लेख्य मात्रामा डेलिभरी भइरहेको छ । काठमाडौंमा आयोजना हुने नाडा अटो शो पछिको देशकै ठुलो अटो शो बन्नेछ । ब्राण्डहरुले आकर्षक अफर घोषणाको तयारी गरेकाले पनि गाडी खरिद र बुकिङमा आकर्षण देखिने विश्वास गर्न सकिन्छ ।

अटो शोले आर्थिक गतिविधि चलायमान बनाउन पनि महत्वपूर्ण भुमिका खेल्नेछ । काठमाडौं मात्र नभई काठमाडौं बाहिर पनि अटो शो सफलताका साथ सञ्चालन हुन्छन् भन्ने सन्देश पनि वाडा अटो शोले दिनेछ । अटो शो अटोमोबाइल क्षेत्रमा भएका नविनतम प्रविधिका वारेमा जानकारी लिने तथा अवलोकन गर्ने स्थल पनि पनि बन्नेछ ।

पोखरा पर्यटनको राजधानी शहर पनि हो । पोखरा भ्रमण वर्ष २०२५ घोषणासमेत भएको सन्दर्भमा यहाँको पर्यटकीय गतिविधि बढाउन पनि अटो शो सफल हुनेछ । अटो शोलाई सिग्नेचर प्रोजेक्टका रुपमा अगाडि बढाउने र आगामी दिनमा पनि निरन्तरता दिने तयारीमा हामी छौं ।

You might also like

Comments are closed.