‘वाडा अटो शो ऐतिहासिक बन्नेछ’

सन्ध्या पौडेल
कार्यसमिति सदस्य, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन
पोखरामा अटो शो आयोजना गर्न पाउँदा हामी उत्साहित भएका छौँ । यहाँ हुने अटो शो नेपालको अटो क्षेत्रका लागि कोशेढुङ्गा बन्नेछ । अटो क्षेत्रमा भएका नवप्रवर्तन, प्रविधि र गतिशिलताको भविष्यको उत्सव पनि हो अटो शो ।

अटो शोमा विद्युतीय सवारी साधन, स्मार्ट गतिशिलता र दिगो अटोमोटिभ समाधानका क्षेत्रमा भएका नवीनतम प्रविधिको प्रदर्शन हुनेछ । अटो शोले विद्युतीय सवारी साधन, स्मार्ट गतिशिलता, दीगो अटोमोटिभ समाधनामा नवीनतम प्रगति प्रदर्शन गर्न अग्रणी अटोमोबाइल निर्माता, उद्योग विशेषज्ञ र प्रविधिलाई एकै स्थानमा ल्याउनेछ ।

पोखरा अब विश्वव्यापी अटोमोटिभ स्पटलाइनमा अगाडि बढेको छ । अटो शो सवारी पारखी, उत्साही र उपभोक्तालाई अटोमोटिभ संसारमा नयाँ सम्भावना अन्वेषण गर्न प्लेटफर्म बन्नेछ । अटो शोले आर्थिक गतिविधि चलायमान बनाउन पनि महत्वपूर्ण भुमिका खेल्नेछ भने लगानीको अवसर पनि सृजना गर्ने छ । पोखरा पर्यटनको राजधानी शहर पनि हो ।

यहाँको पर्यटकीय गतिविधि बढाउन पनि अटो शोको प्रत्यक्ष योगदान रहनेछ । अटो क्षेत्रमा विशेष चासो राख्नेले यहाँ आएर अवलोकन गर्नुभएको छ । सबैको साथ, सहभागिता तथा सक्रियताले अटो शो ऐतिहासिक बन्नेछ ।

You might also like

Comments are closed.