wada auto show

बराल ग्रुपले ल्यायो ‘वाडा अटो शो २०२५’ को लागि आकर्षक अफरहरू

पोखरा । बराल ग्रुपले पोखरामा आयोजना भएको ‘वाडा अटो शो २०२५’ को लागि आकर्षक अफरहरू सार्वजनिक गरेको छ । बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रा.लि. (निसान, ओमोडा एन्ड जेइको र जिकरका लागि लागि आधिकारिक डिलर) र एसएसएल मोटर्स कम्पनी प्रा.लि.(लिपमोटर र सिट्रनका लागि आधिकारिक डिलर) दुवै कम्पनीले ‘वाडा अटो शो २०२५’ को लागि आकर्षक अफरहरू सार्वजनिक गरेका हुन् ।

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को आयोजनामा बिहिवारबाट सुरु भएको ‘वाडा अटो शो २०२५’ मा नेपालको अटोमोबाइल बजारका चर्चित कम्पनीहरू शारडा ग्रुप र गोल्छा अर्गनाइजेसन आदिको सहकार्य र सहभागिता रहेको छ । अत्याधुनिक अटोमोटिभ ब्रान्ड र विशेष अफरको प्रदर्शनीको रुपमा रहेको ‘वाडा अटो शो २०२५’, पोखराको अमरसिंह मैदानमा चैत १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुदैछ । अटो प्रदर्शनीमा एलिट मोटर्सले विभिन्न प्रिमियम अटोमोटिभ ब्रान्डहरू प्रस्तुत गर्दैछ ।

सहभागीले अत्याधुनिक गाडी अनुभव गर्नुका साथै सीमित समयका लागि विशेष अफरको लाभ लिन सक्नेछन् । प्रदर्शनीमा शारडा ग्रुपअन्तर्गत ओमोडा एन्ड जेइको, निसान, र जिकर ब्रान्डहरू स्टल नम्बर ‘ए–सिक्स’ र ‘ए–सेभेन’मा प्रस्तुत गरिनेछ । यस्तैगरी, गोल्छा ग्रुपले स्टल नम्बर ‘ए–टु’ मा ‘लिपमोटर’ र ‘सिट्रन’ ब्रान्डका गाडीहरू प्रदर्शन गर्नेछ । ओमोडा एन्ड जेइकोको स्टलमा विशेष वार्षिकोत्सव लाभसहित ‘वन यियर अफ इनोभेसन’ को उत्सव (ब्रान्डको नेपालमा पहिलो वार्षिकोत्सव) मनाइनेछ ।

सीमित अवधिका लागि, ग्राहकले नयाँ ओमोडा एन्ड जेइको गाडी रू. ५५ लाख ९९ हजारको सुरुवाती मूल्यबाट बुकिङ तथा खरिद गर्न सक्नेछन्, जसमा रू. ५ लाख १५ हजार बराबरको लाभ समावेश हुनेछ । यी लाभमा नगद छुट, आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा, साथै ब्याट्री र मोटरमा ८ वर्ष (वा १ लाख ६० हजार किलोमिटर) को उत्कृष्ट वारेन्टी समावेश छन् । त्यसैगरी, ग्राहकले निःशुल्क ७ किलोवाट वाल चार्जर र एक वर्षको निःशुल्क सडक कर पनि प्राप्त गर्नेछन् ।

जिकरले पनि ग्राहकका लागि विशेष अफरहरू ल्याएको छ । जसअन्तर्गत नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क ७ किलोवाटको चार्जर, र चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर समावेश छन् । साथै, निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण, सुरुवाती मूल्य रू. ३४ लाख ७५ हजारसहित प्रदर्शनमा रहेको छ । यसमा २६ हजार ३२० को मासिक किस्तासहित आकर्षक फाइनान्सिङ सुविधाहरू समेटिएको छ । ग्राहकले एक वर्षको विस्तृत बीमा, चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर र ३ वर्षसम्म निःशुल्क सर्भिसिङ तथा वारेन्टीको सुविधा प्राप्त गर्नेछन् ।

त्यसैगरी लिपमोटरले ‘वाडा मा नाडा अफर’ घोषणा गरेको छ, जसअन्तर्गत लिपमोटर ‘सि–टेन’ रु ६७ लाख ९९ हजारको विशेष मूल्यमा बुक गर्न सकिनेछ । वाडा विशेष अफरमा २० प्रतिशत डाउनपेमेन्ट, निःशुल्क ७ किलोवाटको चार्जर, निःशुल्क सडक कर छन् भने अटो शो मा स्टल नम्बर ‘ए–टु’ भ्रमण गर्ने ग्राहकले लिपमोटरको तर्फबाट आकर्षक गिफ्ट ह्याम्परपनि प्राप्त गर्नेछन् ।

एलिट मोटर्स र एसएसएल मोटर्स दुवैले ग्राहकको अटोमोटिभ तथा ड्राइभिङ अनुभवलाई अझ सहज, किफायती र उत्साहजनक बनाउन निरन्तर प्रयास गर्दै आइरहेको छ । बराल ग्रुप, अटोप्रेमी र नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकले पोखरामा आयोजना भएको ‘वाडा अटो शो’ अवलोकन गरी आफुलाई उपयुक्त हुने सवारी खरिद गरी अफरको लाभ लिन अनुरोध गरिएको छ । एलिट मोटर्स तथा एसएसएल मोटर्सका स्टलमा पुगी प्रतिनिधिसँग सवारीसाधनको लाइनअप र विशेष अपरको बारेमा प्रत्यक्ष जान्न र बुझ्न सकिनेछ ।

एलिट मोटर्स प्रालि., बराल ग्रुपअन्तर्गतको कम्पनी हो । गण्डकी र धौलागिरी क्षेत्रका लागि निसान, ओमोडा एन्ड जेइको, र जिकरको आधिकारिक डिलरको रूपमा सेवा प्रदान गर्दै आएको छ । एसएसएल मोटर्स प्रा.लि., बराल ग्रुपअन्तर्गतको कम्पनी हो । गण्डकी र धौलागिरी क्षेत्रका लागि लिपमोटर्स र सिट्रनको आधिकारिक डिलरको रूपमा सेवा प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.