wada auto show

अटोमोबाइलको बजार विस्तारमा ‘वाडा अटो शो’ सफल हुनेछ

अनुपकुमार बराल, संयोजक, नाडा अटो शो

पोखरामा पहिलो पटक ‘वाडा अटो शो २०२५’ को सुरु भएको छ । काठमाडौं पछि पोखरा अटोमोबाइल हबका रुपमा चिनिन्छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा आयोजना भएको पहिलो संस्करणको अटो शो ले पोखराको अटोमोबाइल क्षेत्रलाई बढोत्तरी गर्नेछ ।

नाडाले गर्दै आइरहेको ‘अटो शो’ केन्द्रमा केन्द्रित थियो । अहिले सातवटै प्रदेशमा नाडाको संगठन फैलिइसकेको छ । सोही अनुसार अटोमोबाइलको बजार पनि बिस्तार हुँदै अघि बढेको छ । अटोमोबाइलको बजार ६० प्रतिशत काठमाडौं केन्द्रित छ भने ४० प्रतिशत काठमाडौं बाहिर छ । काठमाडौंमा आयोजना भएका हरेक ‘अटो शो’ अवलोकन गर्ने ईच्छा भएर पनि भुगोलले गर्दा आउने वातवारण सबैलाई बनिरहेको हुँदैन । व्यवसायी तथा ग्राहक, अवलोकनकर्तालाई नजिकै आफ्नै ठाउँमा अनुभव हुने गरी व्यवस्थित शो गर्न सक्दा धेरै राम्रो हुन्छ ।

काठमाडौंमा मात्र नभइकन बाहिर अटो शो आयोजना गर्दा धेरैको सहभागिता बृद्धि हुनेछ । नाडाको सहयोगमा वाडाले पोखरामा अटोमोबाइलको छुट्टै अवधारणामा अटो शो गर्ने कोशिस गरेको छ । यसको सुरुवातको श्रेय वाडालाई नै दिनुपर्छ । नाडाले ‘अटो शो’ सधैँ आयोजना गरिरहेको छ । पोखरामा हुन लागेको ‘वाडा अटो शो’ सफल बनाउन छाताको रुपमा नाडा उभिएको छ । पोखरामा अटो शो सफल बनाउन वाडाले धेरै मेहनत गरेको छ । ‘वाडा अटो शो’को टिमले मेहनत गरेर नै अटो शोले सफल यात्रा गर्दैछ ।

वाडाको टिमलाई धन्यवाद दिन चाहान्छु । ‘अटो शो’ गर्ने जमर्को गर्नु नै ठूलो कुरा हो । ‘अटो शो’ काठमाडौंमा हुँदा हेर्न जान नपाउनेलाई अब आफ्नै गाउँ ठाउँमा हुँदा अवलोकन गर्न सजिलो हुनेछ । यसले शहर बजार क्षेत्रमा मात्र नभइ स्थानीयस्तरमा पनि अटोमोबाइलप्रतिको आकर्षण, आत्मियता र विश्वास बढेर जानेछ । वाडा अटो शो पोखराको लागि कोशेढुंगा सावित हुनेछ । आर्थिक चलायमान बनाउन सहयोग पुग्नेछ ।

 

You might also like

Comments are closed.