देशभर १३ वडाध्यक्ष पद रिक्त, उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग

काठमाडौँ। देशभरका विभिन्न स्थानीय तहमा १३ वटा वडाध्यक्ष पद रिक्त रहेको छ। निर्वाचन आयोगले ती पदहरूमा उपनिर्वाचन गर्नका लागि आवश्यक तयारी थालेको छ।

यसै सन्दर्भमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गरी परामर्श गरेका छन्। आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी प्रधानमन्त्रीसँगको भेटमा सहभागी भएका थिए।

भेटमा आयोगले वडाध्यक्ष उपनिर्वाचनसँगै आगामी प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल गरेको छ। निर्वाचन आयोगको प्रारम्भिक प्रस्ताव अनुसार कात्तिक दोस्रो साताभित्र प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन सम्पन्न गर्न सकिनेछ।

हाल रुपन्देही क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यको पद रिक्त छ भने गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं। १९१० पनि रिक्त रहेको छ।
त्यस्तै, आगामी फागुन २० गते राष्ट्रियसभाका १८ स्थानमा पद रिक्त हुँदै जाने भएकाले त्यसबारे समयमै निर्वाचनको मिति तय गर्नुपर्ने आवश्यकता रहेको आयोगको भनाइ छ।

निर्वाचन आयोगले स्थानीय तहदेखि संघीय तहसम्मका रिक्त स्थानमा समयमै निर्वाचन गराउन सरकारसँग आवश्यक समन्वय थालिसकेको जनाएको छ। आयोगले अबका दिनमा तयारीलाई तीव्रता दिने बताइएको छ।

You might also like

Comments are closed.