काठमाडौं । उल्फ एयर मास्क नेपाली बजारमा बिक्री वितरण सुरु भएको छोटो समयमा नै बजारमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ ।
यसैक्रममा गत शुक्रबार नेपालकै ठुलो मानिएको गुण सिनेमाअन्तर्गतको दरबार सिनेम्याक्सले आफ्नो सिनेमा हलहरुमा उल्फ एयर मास्क जडान गरेको छ । जसले सिनेमा हलका दर्शकहरुलाई कोरोनालगायतका भाइरसहरुबाट सुरक्षा प्रदान हुने बताइएको छ ।
प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठ र दरबार सिनेम्याक्सका कार्यकारी निर्देशक दिप्रश शाक्यबीच भएको सम्झौताअनुसार उल्फ एयर मास्क–एक हजार स्क्वायर फिटका ५ वटा डिभाइस उक्त सिनेमा हलमा लगाइएको छ ।
उक्त प्रडक्ट दरबार सिनेम्याक्समा जडान गर्नु अगाडि ७२ एयर क्वालिटी इन्डेक्स पियम २.५ः २२ युजी प्रति मेट्रिक क्युब देखाइरहेको थियो भने जडान पश्चात् १२ एयर क्वालिटी इन्डेक्स र पियम २.५ः ४ युजी प्रति मेट्रिक क्युब देखाइएको थियो । जडान गरेको ४ देखि ५ घण्टाभित्र नै उक्त प्रडक्टले रिजल्ट देखाएको थियो । यो प्रडक्ट ७ देखि १० वर्षसम्म प्रयोग गर्न सकिने कम्पनीका सहायक निर्देशक रोजन श्रेष्ठले बताए । उक्त प्रडक्टको जडान पश्चात् दरबार सिनेम्याक्सको रिजल्ट यस्तो थियो ।
एयर क्वालिटी विशेषतया यो प्यारामीटरबाट पनि थाहा पाउन सकिन्छ ।
जर्मन टेक्नोलोजी प्रयोग गरेर अल अबाउट इनोभेसन्स नामक संस्थाद्वारा भारतमा उत्पादन गरिएको मास्कबाट हावामा रहेको विकार, किटाणु तथा अशुद्धतालाई ९९९ प्रतिशत नष्ट गरि सास फेर्न लायक हावा प्रवाह गर्ने उक्त उल्फ एयर मास्क पूर्णरुपमा स्वास्थ्य मापण्ड पालना गरि बनाइएको छ ।
Comments are closed.