चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरुमा बिशेष छुट

काठमाडौं । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधिको लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ । नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ।

यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाले भने,“नेपालीहरुको महान चाड दसैंको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौं । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौं।”

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा १ हजार रुपैयाँ र रेडमी नोट १२ सिरिजमा ३ हजार सम्मको कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर सिमित अवधि को लागि असोज २ गते देखि १७ गते सम्म लागु हुनेछ।

You might also like

Comments are closed.