शाओमीले स्मार्ट टिभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै

काठमाडौं । नेपालको नम्बर १ स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड मी नेपालले Xiaomi Smart Air Fryer सँगै स्मार्ट टिभीको लाइनअप सार्वजनिक गरेको छ । स्मार्ट टिभी लाइनअपमा रेडमी स्मार्ट टिभी एक्स सिरिजअन्तर्गत एक्सएल अनुभव प्रदान गर्ने Redmi Smart TV X 43, Redmi Smart TV 43″ Full HD, Mi TV 5X 43″, Xiaomi TV X-Series X55″ र Mi TV 5A 43″,  र घरमै थिएटरको अनुभव दिने मीको सबैभन्दा ठूलो र सबैभन्दा प्रिमियम स्मार्ट फ्ल्यागशिप टिभी Mi QLED TV 75″ रहेका छन् ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, Mi QLED TV 75 ले घरमै उत्कृष्ट सिनेमाको अनुभव प्रदान गर्दछ । ठूलो स्क्रिनको साथमा फराकिलो दृश्यहरू प्रदान गर्ने यो टिभी ७५ इन्चको स्क्रिन साइज र क्वान्टम डट टेक्नोलोजीको साथ आउँछ । ९७ प्रतिशत स्क्रिन–टु–बडी रेसियो, फुल एरे लोकल डिमिङ टेक्नोलोजी, रियालिटी फ्लो १२० (एमईएमसी) सहितको १२० हर्ट्ज रिफ्रेस रेट प्यानल र ३० डब्लु ६ स्पिकर अडियो सेटअप भएको यो मी टिभी अहिलेसम्मको सबैभन्दा उन्नत र प्रिमियम टिभी हो । प्रयोगकर्ताहरूले अब पप आउट हुने आश्चर्यजनक दृश्यहरू र रंगहरूका साथ आफ्नो लिभिङ्ग रुमलाई थिएटरमा रूपान्तरण गर्न सक्नुहुन्छ । सुन्दर डिजाइनको साथमा, यसले डल्बी भिजन®, HDR10± समर्थनको साथसाथै डल्बी अडियो र उन्नत अनुभवको लागि DTS–HD समर्थन गर्दछ ।”

शाओमी Smart Air Fryer को लन्चबारे थप्दै उनले भने, “उपभोक्ताहरू आफ्नो स्वास्थ्यको बारेमा सचेत भइरहेकाले नेपालमा स्मार्ट एयर फ्रायरको बजार तीव्र रूपमा बढ्दै गएको छ । शाओमीमा, हामी हाम्रा उपभोक्ताहरूको आवश्यकता र प्राथमिकताबारे गहिरो अध्यन गर्छौं । त्यस अनुरूप, शाओमी Smart Air Fryer 3.5L नेपाली बजारमा लन्च गर्न पाउँदा अत्यन्तै खुसी छौं । यस स्मार्ट एयर फ्रायरमा आकर्षक डिजाइन कम्पोनेन्ट र नयाँ प्रविधिहरू एकीकृत गरिएको छ । स्मार्टर लिभिङ पोर्टफोलियोलाई विस्तार गर्ने लक्ष्य लिएका हामी,हाम्रो प्रयास सधैं सबैका लागि नवीनतम उत्पादन प्रदान गर्ने हो र शाओमी Smart Air Fryer 3.5L त्यसैको प्रमाणीकरण हो ।”

jutta mela

नयाँ प्रिमियम डिजाइनको साथ बेजोड क्राफ्टम्यानशिप
विशाल ७५ इन्चको एज–टु–एज डिस्प्ले भएको Mi TV QLED 75 टिभीको आकर्षक डिजाइन प्रयोगकर्ताको लिभिङ रुमको लागि पेर्फेक्ट म्याच बन्न सक्छ । ९७ प्रतिशत स्क्रिन–टु–बडीको साथ यो टिभी एल्युमिनियम फ्रेम, लेजर प्रेसिजन र स्यान्डब्लास्टिङको साथ प्रिमियम मेटालिक लुक रहेको छ । टिभीको पछाडिको भागबाट पनि प्रिमियम डिजाइनका लागि कार्बन फाइबर फिल्मले ढाकिएको छ । यसमा भएको नयाँ प्रिमियम ’फ्लोटिंग स्ट्यान्ड’ ले पछिल्लो फ्ल्यागशिप भन्दा नयाँ लुक दिन्छ ।

घरमै थिएटरको अनुभव
सिनेम्याटिक अनुभव प्रदान गर्ने Mi TV QLED 75 ले उत्कृष्ट रंगहरू र फराकिलो कलर स्पेक्ट्रम 100Ü NTSC भएको अविश्वसनीय 4K QLED प्यानलले असाधारण रिजोल्युसनमा प्रस्ट विवरणहरू देखाउँछ । यो टिभी पूर्ण एरे लोकल डिमिङ टेक्नोलोजीको साथ उपलब्द छ । यसमा भएको १९२ जोनहरूले कालो र सेतो रंगहरूलाई सक्षम पार्दै कन्ट्रास्टमा पनि राम्रो नियन्त्रण प्रदान गर्दछ । Mi QLED TV 75 टिभीमा सहज दृश्य अनुभव सुनिश्चित गर्दै मी को स्वामित्वको रियालिटी फ्लो १२०MEMC ट्युनिङको साथ प्रभावशाली रूपमा उच्च १२० हर्ट्जको रिफ्रेस दरप्रदान गर्दछ ।

इमर्सिभ अकोस्टिक एक्सपीरिएन्स
Dolby अडियो र DTS-HD समर्थन गर्ने ३०W को प्रिमियम स्पिकर सेटअपसँग Mi QLED TV 75 ले उत्कृष्ट भिजुअलको साथ कोठै घन्किने स्टेरियो साउन्ड प्रदान गर्दछ । यसमा २ वटा ट्वीटर, २ फुल रेन्ज ड्राइभर र २ उफरहरू समावेश गरी इमर्सिभ अकोस्टिक साउन्ड प्रदान गर्ने कस्टम मेड साउन्ड बक्स समावेश गरिएको छ । Mi QLED TV 75 ठूलो स्पिकर क्याभिटीहरू छन् जुन सामान्य स्पिकर बक्सको आकारको २.३ गुणा ठूलो हुन्छ ।

मनोरञ्जनका लागि नवीनतम प्याचवाल र एन्ड्रोइड टिभी १०
प्याचवालको पछिल्लो संस्करणमा उपलब्ध Mi QLED TV 75, २५ भन्दा बढी सामग्रीहरुको गहिरो एकीकरणको साथै प्रयोगकर्तामा केन्द्रित, किड्स मोड, स्मार्ट रेकोमेन्डेसन र लाइभ टिभी जस्ता अद्वितीय सुविधाहरू प्रदान गर्दछ, जसले स्ट्रिमिङको लागि सबैभन्दा व्यापक प्लेटफर्म बनाउँछ । प्याचवाल जडान गरिएको यो स्मार्ट टिभीले प्रयोगकर्तालाई स्मार्ट अनुभव प्रदान गर्दछ । प्रयोगकर्ताहरूले सबै AIoT डिभाइसहरू बिना कुनै झन्जट नयाँ Mi Home एपमार्फत नियन्त्रण गर्न सक्छन् ।

मूल्य र उपलब्धता
Mi QLED TV 75 को मूल्य रु २ लाख ९९ हाजर ९९९ र Xiaomi Smart Air Fryer को मूल्य रु १२ हजार ४९९ रहेको छ । दुबै डिभाइसहरू ०७ आश्विन २०७९ देखि सबै अधिकृत मी स्टोरहरूमा उपलब्ध हुनेछन् ।

You might also like

Comments are closed.