काठमाडौं । शाओमी विश्वव्यापी टेक्नोलोजी लिडरले डीएसए (डिसेवल स्टुडेन्ट एशोसिएसन) का ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको अन्तर्गत शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले डीएसए स्कूलका प्रधानाध्यापक दयाराम महर्जनलाई शैक्षिक सामग्री हस्तानतरण गरे ।
शाओमीले आफू संचालनमा रहेको समुदायको सेवाका लागि विभिन्न कल्याणकारी गतिविधिहरु आयोजना गरिरहेको छ । शाओमी नेपाल टिमले डीएसएका विद्यार्थीलाई ल्यापटप, किट, झोला, जुत्ता, किताबहरु वितरण गरे पश्चात डिएसएका विद्यार्थीहरुका मिठामिठा गीत÷संगीतहरु सुनेर, उनीहरुले नै बनाएका सुन्दर चित्रहरु हेर्दै र उनीहरुकै रमाइला कथाहरु सुनेर समय बिताएका थिए ।
शैक्षिक सामग्री वितरणका बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी सदैव आफू संचालन रहेको समुदायको सेवाका लागि तयार छौं । व्यवसाय गर्नुका साथै हामी हाम्रो समुदायप्रतिको जिम्मेवारीका बारेमा सचेत छौं । आगामी दिनहरुमा पनि हामी समुदायलाई विभिन्न माध्यमबाट सहयोग गर्नेछौं । मलाई विश्वास छ कि हाम्रा साना सहयोगहरुले निकट भविष्यमा सकरात्मक परिणामहरु उत्पन्न गर्नेछ ।’
Comments are closed.