काठमाडौं । शाओमी, नेपालको नम्बर १ स्मार्टफोन ब्रान्डले आज एक स्मार्ट, कम्प्याक्ट र पोर्टेबल ग्याजेट एमआई टिभी स्टिकको शुभारम्भको घोषणा गरेको छ जसले कुनै पनि नन–स्मार्ट टिभीलाई स्मार्ट टिभीमा रुपान्तरण गर्ने लक्ष्य राखेको छ । एन्ड्रोइड टिभी ९.० द्वारा संचालित एमआई टिभी स्टिकले गुगल प्ले मार्फत ५००० भन्दा माथि एप्स र गेम्सहरुको पहुँच प्रदान गर्दछ।
एक स्लिम र स्लिक डिजाइन भएको एमआई टिभी स्टिक कम्प्याक्ट र लाइटवेट डिजाइन (२८.५ ग्राम्स, ९२.४ ह ३०.४ मिलिमिटर) ले बनेको छ । प्रयोगकर्ताहरुले अब कुनै पनि टिभीमा पूर्ण एचडी रेजलुसनमा हजारौँ घण्टाको मिल्ने सामग्रीको मज्जा एमआई टिभी स्टिकलाई ३० सेकेन्ड भन्दा कममा जडान गरेर लिन सक्छन्। ग्याजेटमा सिनेमा जस्तो अनूभवको लागि डोल्बी र डीटिएस अडियो कम्प्रेसन टेक्नोलोजी पनि छ ।
शाओमी नेपालका कन्टी जेनेरल म्यानेजर सौरभ कोठारीले भने, “शाओमीमा हामी मनोरन्जनलाई तपाईँको बैठक कोठाको आराममा केन्द्रित गरिरहेका छाँै जसले केवल सामाग्रीमा पहुँच प्रदान नगरी यसका साथै नन–स्मार्ट टिभी सेटहरुमा स्ट्रिमिङलाई अझ सुविधाजनक बनाउँदछ । एमआई टिभी स्टिकको लन्चसँगै हामी उपभोक्ताहरुलाई स्मार्ट टिभी अनूभव प्रदान गर्नमा केन्द्रित छौँ जसले ओटीटी सामाग्री उपभोग गर्नको लागि निरन्तर उपायहरु खोजिरहेका छन्।”
एन्ड्रोइड टिभीको संस्करण (९.०)मा संचालित एमआइटिभी स्टिकले प्रयोगकर्ताहरुका लागि “वल्ड अफ कन्टेन्ट” को पहुँच दिएको छ। यो नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नीं हटस्टार, हंगामा प्ले, जी फाइभ, आह मनोरन्जन जस्ता लोकप्रिय ओटीटी प्लेयरहरुको पहुँचको साथ अनलाइन सामग्री स्ट्रिमिङ्गका लागि एक स्टप गन्तव्य बनेको छ। गुगल प्ले स्टोरमा ५००० भन्दा बढी एप्लिकेसन्सहरुको उपलब्धताका साथ एमआईटिभी स्टिकले गुगल प्ले स्टोरमा खेल खेल्ने विकल्पहरुको अधिकता पनि प्रदान गरेको छ। यो मात्र नभइकन एमआई टिभी स्टिकमा नेटफ्लिक्स र प्राइम भिडियोको लागि बटनहरुको साथ ब्लुतुथ रिमोट पनि उपलब्ध छ जसले गर्दा हजारौँ फ्लिमहरु र शोहरु मात्र एक क्लिकको साथ उपभोक्ताहरुको लागि प्रदान हुन्छ ।
एमआई टिभी स्टिकमा गुगल सहायक द्वारा संचालित भ्वाईस सर्च रहेको छ जसको मदतले प्रयोगकर्ताहरुले उनीहरुको दिन योजना बनाउन, पछिल्लो अपडेट÷समाचारहरु प्राप्त गर्न,उनीहरुको मनपर्दो सामाग्री प्ले÷ खोजी गर्न र अन्य स्मार्ट घरेलु उपकरणहरु नियन्त्रण गर्नका लागि उपयोग गर्न सक्छन् ।
अनलाइन सामाग्रीको खपतमा बढ्दो वृद्धिलाई ध्यानमा राखेर एमआई टिभी स्टिक गुगलको डाटा सेभर विशेष गरी नेपालको लागि प्रि–लोडेड भएर आउँछ । डाटा सेभरले तीन गुणा अधिक सामाग्री स्ट्रिमिङ्गको प्रदान गर्छ र साथसाथै तपाईँको डाटा प्रयोगको ट्रयाक पनि राख्दछ ।
एमआई टिभी स्टिक नेपालको अनलाइन र अफलाइन स्टोेरहरुमा १४ अप्रिल, २०२१ देखि ५ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
Comments are closed.