काठमाडौं । इन्डस्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले मंगलबार नेपालमा आफ्नो स्मार्ट फोन पोको एफ ३ लन्च गरेको छ । कुनै सम्झौता बिना एक छिटो र बलियो उपकरण पोको एफ ३ शक्तिशाली प्रोसेसर, लाइटनिङ फास्ट स्टोरेज र ब्रान्ड न्यू रिफ्रेस रेट एमोलेड स्व्रिmनको साथ आउँछ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारीले भने, “पोकोमा हामी हाम्रा फ्यानहरुको लागि उत्तम टेक्नोलोजी ल्याउनमा केन्द्रित छौँ । पोकोका उत्पादनहरुले नेपालमा देखेको जबरदस्त प्रतिव्रिmया हाम्रो उपभोत्ताहरुको हामी माथिको विस्वासको गवाही हो । हाम्रो विरासतलाई अगाडि बढाउँदै हामी पोको एफ ३– द रियल बिस्ट नेपालमा ल्याउन उत्साहित छौँ । अहिले सम्मकै सभैभन्दा शक्तिशाली पोकोको स्मार्टफोन, पोको एफ ३ क्वालकम® स्न्यापड्रागन त्ः ८७० ५ जी मोबाइल प्लाटफर्म र ६.६७ ई ४ एमोलेड डट डिस्प्ले १२० एच रिफ्रेस रेटको साथ साथै डोल्बी एटमोस® अडियोको साथ आउँछ । शक्तिशाली स्लीम र लाइट रहेको पोको एफ ३ हाई–एन्ड फ्ल्यागसिपमा उपलब्ध रहेको छ ।”
पोको एफ ३– द रियल बिस्ट
बिस्ट पर्फमेन्सः क्वालकम स्न्यापड्रागन™ ८७० ५ जी मोबाइल प्लाटफर्म
पोको एफ ३ ब्रान्ड सबैभन्दा शक्तिशाली उपकरणको साथ स्न्यापड्रागन ८७० ५जी मोबाइल प्लाटफर्म द्वारा सञ्चालित बिग लिगको स्मार्टफोनमा पर्दछ । यस उपकरणले ३.२ गिगाहट्र्जको उपग्रेडेड क्वालकम® काइरो ™ ५८५ सिपियु प्राइम कोर क्लक स्पीड प्रदान गर्दछ जुन उद्योगको अग्रणी प्राइम कोर क्लक स्पीड हो। अल्ट्रा– फास्ट क्वालकम® एड्रेना™ ६५० जीपीयु को साथमा पोको एफ ३ ले शानदार गेम प्ले एक्सपेरियन्सको प्रदान गर्दछ । एलपीडीडीआर५ र्याम र युएफस ३.१ स्टोरेजको साथ उपलब्ध फ्ल्यागशिप सेटअपले मल्टिटास्किंगको लागि छिटो पठन–लेखनको गतिको ग्यारेन्टी प्रदान गर्दछ ।
पोको एफ ३ ले कनेक्टिभिटीमा स्न्यापड्रागन एक्स ५५ ५ जी मोडेम–सरएफ प्रणाली लाइटनिङ फास्ट ५जी कनेक्टिभिटीको लागि बहुमतका साथ विश्वव्यापी नेटवर्क ब्यान्डहरुको सर्मथनका साथ सबै लेटेस्ट बेन्चर्माकहरुलाई पूरा गर्दछ । यस उपकरणले वाई–फाई ६ लाई पनि समर्थन गर्दछ जसले गर्दा यस स्मार्टफोनलाई आरामसँग हाई– एन्ड स्मार्टफोनको लिगमा राखिन्छ ।
बिस्ट ६.६७ इन्च एमोलेड डिस्प्ले र प्रिमियम डिजाइन
पोको एफ ३ को १२० हट्र्जको हाई रिफ्रेस रेटले ६.६७ इन्चको ठूलो एमोलेड डिस्प्लेमा खेल खेल्दा अनप्रिसिडेन्टेड स्मुथनेस प्रदान गर्दछ । यो बिस्टले केवल २.७६ मिलिमिटरको साथ उद्योगकै सबैभन्दा टाइनिएस्ट डटको प्रस्तुत गर्दछ। थप रुपमा ३६० हट्र्जको टच स्याम्प्लिङ रेट र फाइन–ट्युन टच एल्गोरिदमले फोनलाई औँलाटिपको स्पर्शमा अत्यन्तै छिटो प्रतिव्रिmया दिन मद्दत गर्दछ ।
नन स्लिपरी सामग्रीबाट व्रmाफ्टेड गरेर बनाइएको र केवल ७.८ मिलिमिटर पातलो र १९६ ग्राम तौल भएको यस उपकरणले हातमा राख्दा रहजता र सुरक्षाको महसुस गराउँछ । यसमा साथै कर्निङ® गोरिल्ला® ग्लास दुवै अगाडि र पछाडि फोनमा कभर गरिएको हुन्छ जसले फोनलाई कडा सुरक्षा प्रदान गर्दछ ।
डल्बी एटमस, एआई ट्रिपल क्यामेरा सेटअप र अधिकको साथ बिस्ट इन्टरटेन्मेन्ट
बोटम मेन स्पीकर र टपमा सेकेन्डरी स्पीकर अनि डुअल स्पीकर सेटअपका साथ आउने पोको एफ ३ ले रिच र विस्तृत ध्वनिको उत्पादन गर्दछ । पोको एफ ३ डोल्बी एटमसलाई सक्षम गर्ने, ध्वनीलाई भिडियो, संगीत र खेलहरुको लागि डल्बी एटमस ढाँचामा राम्रो प्रभावकारी अडियो अनुभवको लागि दुवै हेडफोन र बिल्ट–इन स्पीकरहरु मार्फत सञ्चालन गर्ने ब्रान्डकै पहिलो उपकरण हो।
पोको एफ ३ को एआई ट्रिपल क्यामेरा सेटअप,माइरिएड अफ व्रmाफ्टी, नवीन क्यामेरा सुविधाहरुले फोटोग्राफी स्कील्सहरुलाई बढाउन मद्दत गर्दछ । रियर क्यामेरामा ४८ एमपीको मेन क्यामेरा छ जुन १.६ माइव्रmोमिटर ४–इन–१ लार्ज पिक्सेल, ११९ डिग्री अल्ट्रा–वाइड लेन्स र ५ एमपीको टेली म्याव्रmो क्यामेराको साथ उपलब्ध छ जसले ३ सेन्टिमिटर–६ सेन्टिमिटरको अटोफोकसलाई समर्थन गर्दछ ।
धेरै जसो डुअल माइक स्मार्ट फोनको विपरित पोको एफ ३ ट्रिपल माइव्रmोफोन सेटअप र अडियो जूम सुविधाको साथ उपलब्ध छ । भिडियो सुटिङ गर्दा पछाडिको डेडिकेटेड तेस्रो माइव्रmोफोनले उपकरणलाई इमेजको साथ आवाजमा “जुम इन” गर्न अनुमति दिन्छ, टाढा–टाढा दृश्यहरुको स्पष्ट अडियो खिच्दै र फ्लिमको समयमा आवाज रिसेप्सनलाई सुधार गर्दछ ।
पोको एफ ३ तीन वटा कलर भ्यारियन्टः आक्ट्रिक वाइट, नाइट ब्ल्याक र डीप ओसिन ब्लु रङमा अथोराइज्ड स्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा मे ३० २०२१ बाट उपलब्ध हुनेछ ।
६ जीबी+१२८ जीबीको भेरियन्टको मोवाइललाई ४६ हजार ९ सय ९९ रुपैयाँ र ८ जीबी+२५६ जीबीको भेरियन्टलाई ५१ हजार ९ सय ९९ रुपैयाँ पर्नेछ । पोको नेपालले जुन ३०, २०२१ भन्दा अघि पोको एफ ३ खरीद गर्ने उपभोक्ताहरुलाई एक वर्षको ब्रेकेज इन्स्युरेन्स प्रदान गर्नेछ ।






Comments are closed.