काठमाडौं । कुजु नेपाल प्रालिले याडिया किनेस इलेक्ट्रिक मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले याडिया किनेस इलेक्ट्रिक मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ ।
यो इलेक्ट्रिक मोटरसाइकलको मूल्य रु ६ लाख ६० हजार तोकिएको छ । २ वर्ष वा २० हजार किलोमिटर सम्मको वारेन्टी उपलब्ध छ । नेपालभर रहेका याडिया शोरुममार्फत यो बाइकको बुकिङ समेत खुला गरिएको छ ।
गतिका लागि बनेको र भविष्यका लागि डिजाइन गरिएको याडिया किनेस एक उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल हो । शक्ति, चपलता र आधुनिक डिजाइनलाई एकैसाथ प्रस्तुत गरेको छ । यसमा रहेको मिड–ड्राइभ मोटरले ५.५ किलोवाट रेगुलर पावर र ११ किलोवाट अधिकतम पावर जेनेरेट गर्ने भएकाले सडकमा यसको दमदार उपस्थिति रहन्छ ।
किनेसले अधिकतम १०० किलोमिटर प्रतिघण्टाको गति र ४५ किलोमिटर प्रतिघण्टाको क्रुज स्पिडमा १४० किलोमिटरको रेन्ज दिने भएकाले सहर तथा लामो दुरी दुवैको यात्राका लागि उपयुक्त छ । यो बाइकमा रहेका ७२ भोल्ट ३२ एएचका दुईवटा टर्नरी लिथियम ब्याट्रीले लामो दुरीको यात्रा सहज बनाउछ । ब्याट्रीको लाइफ साइकल २ हजार चार्ज सम्मको र ५ देखि ६ घण्टामा फुल चार्ज हुन्छ ।
यसमा २८० एनएम टर्क, अगाडि र पछाडि सीबीएस सहितको डिस्क ब्रेक, १७ इन्चको ट्युबलेस टायर, १७५ एमएमको ग्राउन्ड क्लियरेन्स, २० डिग्रीको उकालोमा चढ्न सक्ने क्षमता तथा १६ लिटरको अन्डर सिट बुट स्पेस लगायतका विशेषता रहेका छन् ।
Comments are closed.