काठमाडौं । विश्वभर इलेक्ट्रिक मोबिलिटीको नेतृत्व गर्दै आएको याडियाको इलेक्ट्रिक मोटरसाइकल कुजु नेपालमार्फत नेपाल आउने भएको छ । याडिया इलेक्ट्रीकका लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी कुजु नेपालले साउनमा हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मोटरसाइकल सार्वजनिक गर्ने तयारी थालेको छ ।
याडियाले नेपालमा आफ्नो सबैभन्दा शक्तिशाली र रोमाञ्चक दुईपांग्रे सवारी साधन याडियाको किनेसको आगमनको घोषणा गरेको छ । यो इलेक्ट्रिक मोटरसाइकलले गति, टर्क र स्टाइलमा पेट्रोल बाइकसँग प्रतिस्पर्धा गर्छ तर प्राविधिक रूपमा भविष्यमा केन्द्रीत शून्य प्रदूषणयुक्त समाधान हो ।
याडिया किनेस मोटरसाइकलमा ११ किलोवाट पीक पावर क्षमताको मोटर दिएको छ । यो मोटरले २८० एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टा रहेको छ । शून्यदेखि ५० को स्पीड ४ सेकेन्डमा पूरा गर्छ । यसको क्लाइम्ब क्षमता २० डिग्री रहेको छ ।
याडियाले यो मोटरसाइकलमा ७२ भोल्ट ३२ एम्पीयर आवरको दुई लिथियम आयन ब्याट्री प्याक दिएको छ । यसलाई एकपटक फुलचार्ज गरेर १२९ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । यो मोटरसाइकलको फ्रन्टमा इर्भटेड र रियरमा मोनेशक सस्पेन्सन दिइएको छ । यसको दुवै ह्वीलमा डिस्क ब्रेक उपलब्ध छ । कम्पनीले यसमा सीबीएस सुरक्षा फिचर दिएको छ ।
याडिया किनेसले आफ्ना आकर्षक र एग्रेसिभ डिजाइन, एरोडायनामिक फ्रेम, बोल्ड एलईडी हेडलाइट र कम ग्राभिटी सेटअपको माध्यमबाट शहरी सडकमा ध्यान तान्छ । मिड–माउन्टेड मोटर र मजबुत स्टिलको बडीले गजबको नियन्त्रण र बाइकको वास्तविक फील दिन्छ । जहाँ परम्परागत बाइकहरूले तेल खपत गर्छन्, किनेसले शून्य ध्वनि र शून्य धुवाँमा पेट्रोल जत्तिकै थ्रिल प्रदान गर्छ, न्यूनतम मर्मत खर्चमा ।
शहरी राजमार्ग होस् या उपत्यकाका उकालो, याडिया किनेस ले २०° चढाइ, १७५ मिमी ग्राउन्ड क्लियरेन्स, र शक्तिशाली मोटरको सहायताले सजिलै सामना गर्छ ।
Comments are closed.