याडियाको इलेक्ट्रीक स्कुटर ओविन बिक्री सुरु, दशैँ अफरमा २ लाख १० हजारमै उपलब्ध गराइने

काठमाडौं । नेपालका लागि याडियाको आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले नेपाली बजारमा याडियाको इलेक्ट्रीक स्कुटर ओविन बिक्री सुरु गरेको छ ।

कम्पनीले याडिया ओविको आधिकारिक मूल्य २ लाख ३५ हजार रुपैयाँ तोकेको छ । तर, दशैं अफरमा २ लाख १० हजार रुपैयाँमै उपलब्ध गराइने कम्पनीले जनाएको छ । छुट मूल्य सीमित अवधिसम्म मात्र लागू हुनेछ । ओविन इटालियन शैलीबाट प्रेरित रेट्रो–मोडर्न डिजाइन र याडियाको अत्याधुनिक प्रविधिको संयोजनमा तयार भएको हो ।

स्मार्ट सिटी कम्युटिङका लागि निर्मित ओविनमा शक्तिशाली २८०० वाटको इलेक्ट्रीक मोटर छ । यसमा २.१६ किलोवाट आवरको एलएफपी ब्याट्री छ । यसले एकपटको फुलचार्जमा १०५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

याडिया ओविनमा क्रुज कन्ट्रोल र रिभर्स असिस्ट जस्ता अत्याधुनिक फिचर समावेस छ । यसले यात्रालाई अझ सजिलो र आरामदायी बनाउँछ । कम्पनीले याडिया ओविनमा पनि ३ वर्ष वा ५० हजार किलोमिटरको वारेन्टी दिएको छ ।

You might also like

Comments are closed.