‘व्यवस्थापनमा अन्तर्राष्ट्रियस्तरको शिक्षा’

यदुराज आचार्य, प्राचार्य, त्रिवेणी इन्टरनेशनल कलेज

त्रिवेणी इन्टरनेशनल कलेजले कास्कीको लेखनाथमै व्यवस्थापन विषयमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न सफल भएको छ । गुणस्तरीय शिक्षाका लागि पोखरा, काठमाडौं अथवा विदेशसम्म जानुपर्ने बाध्यताको अन्त्य गर्दै लेखनाथमै कलेज सञ्चालनमा आएको हो । स्थानीय प्रतिष्ठित उद्योगी, व्यवसायी, शैक्षिक क्षेत्रका अग्रणी व्यक्तित्वहरुको प्रयासमा २०६७ मा खुलेको कलेजमा विद्यार्थीहरुको आकर्षण छ । कलेज सुविधा सम्पन्न भौतिक पूर्वाधारसहित सञ्चालनमा छ । यसैक्रममा कलेजका प्राचार्य यदुराज आचार्यसँग आर्थिक आवाजले गरेको कुराकानी :

कलेज स्थापना गर्नुको उद्देश्य के हो ?
२०६७ सालमा स्थापना भएको त्रिवेणी इन्टरनेशनल कलेज स्थापनाको ११ औं वर्षमा चलिरहेको छ । त्रिवेणी इन्टरनेशनल कलेज म्यानेजमेन्ट कलेज हो । विशेषगरी लेखनाथ क्षेत्रका विद्यार्थीको शैक्षिक गन्तव्यका रुपमा कलेज स्थापित भएको छ । विभिन्न क्षेत्रमा आवद्ध शिक्षाप्रेमी व्यक्तिको संलग्नतामा कलेज स्थापना भएको हो । व्यवस्थापन विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि कलेज उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै आएको छ । विद्यार्थीको शैक्षिक आवश्यकता पुरा गर्ने उद्देश्यले कलेज स्थापना भएको हो । त्रिवेणी इन्टरनेशनल कलेजलाई फरक खालको शैक्षिक संस्थाको रुपमा विकास गर्ने अभिप्रायका साथ स्थापना गरेर संचालन गरिरहेका छौं । परम्परागत भन्दा नविनतम शैक्षिक विधि तथा प्रविधिको प्रयोग गरी शिक्षण गरिरहेका छौं । सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षामा जोड दिन्छौं । शिक्षालाई समाज र बजारसँग जोड्ने अभिप्रायका साथ व्यवहारिक ज्ञान प्रदान गर्ने हाम्रो उद्देश्य हो । क्युएएको प्रक्रियामा पनि अगाडि बढिरहेका छौं । निकट भविष्यमा नै क्वालिफाइड भएर थप पहिचान थप्नेछौं र ब्राण्डेड कलेजको रुपमा स्थापित हुनेछौं ।

कलेजमा अध्ययन अध्यापनसँगै अन्य के कस्ता गतिविधि संचालन हुन्छन् ?
अध्ययन अध्यापनसँगै विद्यार्थीका लागि आवश्यक अन्य गतिविधि पनि संचालन हुन्छन् । विभिन्न तालिम, गोष्ठी, सेमिनार तथा अन्तत्र्रिmया हुन्छन् । उद्योग वाणिज्य संघ लगायत विभिन्न व्यावसायिक संघसंस्था तथा उद्योगी व्यवसायीसँग सहकार्य गरेर व्यवसायको अवस्था, सामाजिक अवस्था कस्तो छ ? यस क्षेत्रका सम्भावना के कस्ता छन् ? भन्नेबारे अन्तक्र्रिया तथा छलफल हुन्छन् । विभिन्न क्षेत्रका विज्ञहरु ल्याएर कक्षा लिन लगाउँछौं साथै छलफल पनि चलाउँछौं । स्थानीय क्षेत्रका उद्योगी तथा व्यवसायीसँग पनि विभिन्न कार्यक्रम संचालन गर्छौं । समाजमा पनि केही योगदान पु¥याउनुपर्छ भन्ने उद्देश्यका साथ सामाजिक उत्तरदायित्वका काममा पनि विद्यार्थीलाई प्रेरित गर्छौं ।

शैक्षिक अवस्थाको कुरा गरिरहदा कलेजको रिजल्टको अवस्था कस्तो छ ? विद्यार्थी संख्या कस्तो छ ?
कलेजको रिजल्टको अवस्था राम्रो छ । विद्यार्थी तथा शिक्षकको मेहनत तथा लगनशीलताको प्रतिफल हो यो । विविएसमा पोखरा क्षेत्रमा नै अगाडि छौं । यससँगै एमबिएसको रिजल्ट पनि राम्रो छ । विविएस र एमविएसका कोर्ष कलेजमा पढाई हुन्छन् । विविएसमा ४ सय भन्दा धेरै विद्यार्थी छन् भने एमविएसमा २ सेमेष्ट मात्र पुगेको छ र ६५ जना विद्यार्थी अध्ययनरत हुनुहुन्छ ।

कलेजले उत्पादन गरेका विद्यार्थीको अवस्था कस्तो छ ?
११ वर्षदेखि कलेज संचालन भइरहदा कलेजले उत्पादन गरेका विद्यार्थीको सहभागिता हरेक क्षेत्रमा राम्रो छ । विभिन्न बैंक तथा वित्तीय संस्था, व्यावसायिक घराना, तथा निजी क्षेत्रमा काम गरिरहेको मैले पाएको छु । देश तथा विदेशमा स्थापित भएको पाएका छौं । कुनैपनि विद्यार्थी बेरोजगार बस्नुपरेको छैन । पर्फमेन्स पनि राम्रो देखाइरहनुभएको छ । यसले पनि हामीलाई उत्साह थपेको छ ।

कुन क्षेत्रका विद्यार्थी अध्ययनका लागि बढी आउँछन् ?
विशेषगरी कास्कीको पूर्वी क्षेत्रका साथै तनहुँ, लमजुङका विद्यार्थी कलेजमा आउनुहुन्छ । यस सँगै पर्वत, बागलुङ, स्याङजा लगायतका जिल्लाबाट पनि आउनुहुन्छ । यस क्षेत्रमा कलेज स्थापित नाम भइसकेको छ । आसपासका क्षेत्रका विद्यार्थीहरुको पहिलो रोजाईमा कलेज परेको छ ।

कलेजमा अन्य के कस्ता सुविधा छन् ?
प्रशासनिक तथा शैक्षिक प्रयोजनका लागि सुविधा सम्पन्न भौतिक पुर्वाधार छ । ९ रोपनी जग्गामा कलेज सञ्चालनरत छ । दक्ष तथा अनुभवी शिक्षक हुनुहुन्छ । अनलाइन लाइब्रेरीको पनि व्यवस्था छ । पढाईसँगै अतिरिक्त क्रियाकलाप पनि कलेजमा संचालन हुन्छन् । खेलकुदका लागि बास्केटबल कोर्ट, टि टि कोर्ट, भलिबल ग्राउण्ड, सबैको सुविधा छ । विद्यार्थीलाई छात्रवृत्तिको पनि व्यवस्था छ । विपन्न वर्गका तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था छ । नाफामुखी मात्र नभई परिणाममुखी भएर काम गरिरहेका छौं ।

विद्यार्थी तथा अभिभावकलाई के भन्न चाहनुहुन्छ ?
विद्यार्थी तथा अभिभावकलाई कलेजमा आएर सबै कुरा बुझ्न म आग्रह गर्दछु । कलेजमा आएपछि पक्कै पनि तपाईंहरुको रोजाईमा कलेज पर्नेमा हामी ढुक्क छौं । स्वच्छ तथा सुन्दर वातावरणमा रहेको शैक्षिक गन्तव्य हो त्रिवेणी इन्टरनेशनल कलेज ।

You might also like

Comments are closed.