यामाहा नेपाल र हेल्मेट्स नेपाल बीच व्यापारिक सम्झौता

काठमाडौं । बिगत ९ वर्ष देखि हेल्मेट्सको मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको ‘हेल्मेट्स नेपाल’ ले यामाहा नेपालसंग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बीच सम्झौता भएको हो ।

सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुममा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ । जहाँ हेल्मेट्स सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहनेछन् । पहिलो चरणमा काठमाडौंमा शोरुमहरु टेकु, महाराजगञ्ज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरु रहनेछन् । नक्शालस्थित यामाहाको ब्लु स्क्वायर शो रुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने बताइएको छ ।

आगामी दिनमा यो सुबिधालाई थप बिस्तार गर्दै लैजाने कुरा हेल्मेट्स नेपालका प्रवन्ध निर्देशक सजल जोशीले बताए । यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ्ग कल्चर अझै परिस्कृत रुपमा परिभाषित हुने विश्वास लिइएको छ ।

ग्राहकले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ्ग एसिसोरिजको सुबिधा प्राप्त गर्न सक्नेछन् । यसअघि नै आफ्नो २ अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेट्स नेपालले अब कुल ६ स्थानबाट सेवा प्रदान गर्नेछ ।

 

You might also like

Comments are closed.