पोखरामा शुरु भएको यामाहाको मेघा एक्सचेञ्जमा नगद छुट

पोखरा । पोखरामा यामाहा व्राण्डका ग्राहकवर्ग लक्षित ‘यामाहा मेघा एक्सचेन्ज’ अफर शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.ले पोखरा–१० अमरसिंहचोकस्थित अमरसिंहचौरमा मेघा एक्सचेञ्ज शुरु गरेको हो ।

यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक वर्गहरुको चाहना र मागलाई मध्यनजर गरेर मेघा एक्सचेञ्ज अफर गरिएको भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.का महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए । आईतबारदेखि शुरु भएको मेघा एक्सचेञ्ज अफर चैत २२ गतेसम्म जारी रहने उनले बताए । मेघा एक्सचेञ्जमा सम्पूर्ण पोखरेली ग्राहकले रोमाञ्चक डिल र छुटहरू प्राप्त गर्नसक्ने श्रेष्ठको भनाइ छ ।

उनका अनुसार एक्सचेञ्ज अफरमा विशेष छुट अन्तर्गत नया बाईकमा नगद ६ हजार र पुराना बाइकको मूल्याङ्कनमा थप १० हजारसम्म अतिरिक्त मूल्याङ्कन ग्राहकहरुले प्राप्त गर्नेछन् । साथै, हेलमेट, लेग गार्ड, फुट म्याट, बाइक कभर र ब्याग जस्ता निःशुल्क सामानहरू पनि ग्राहकलाई प्रदान गरिने उनले जानकारी दिए ।

मेघा एक्सचेञ्जमा ग्राहकले आफ्नो पुरानो बाइक र स्कुटरलाई ब्रान्ड न्यू यामाहा दुई पाङ्ग्रे सवारी साधनसँग साट्न सक्ने उनले बताए । श्रेष्ठले भने,‘मेघा एक्सचेञ्जले अब आफ्नो दुई पाङ्ग्रे सवारीको अपग्रेड गर्न पहिलेभन्दा झन् सजिलो र फाइदाजनक बनायो ।’ एक्सचेञ्ज अफर कार्यक्रम अन्तर्गत यामाहा एफजेड, यामाहा रे–जेड सिरिज, यामाहा एफजेड सिरिज, यामाहा एमटी, यामाहा आरवान फाइभ, यामाहा टिवाईएफ एईरोक्सलगायतका बाईक तथा स्कुटरमा विशेष अफर उपलब्ध हुने श्रेष्ठले बताए ।

उनले भने,‘हाम्रो उद्देश्य ग्राहकहरूलाई उत्कृष्ट उत्पादन र सेवा प्रदान गर्नु हो। यामाहा मेगा एक्सचेन्ज कार्यक्रम ग्राहकहरूको लागि यामाहा बाइकमा अपग्रेड गर्ने उत्कृष्ट अवसर हो, जसले सजिलो र लाभदायक किनमेल अनुभव प्रदान गर्दछ ।’ एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड भएको कम्पनीले दाबी गरेको छ । जुन अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन तथा ग्राहक सन्तुष्टिप्रति प्रतिबद्धताको लागि परिचित मानिन्छ ।

 

You might also like

Comments are closed.