यामाहाले ल्यायो काठमाडौं उपत्यकामा एक्सजेन्च अफर

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई–पांग्रे सवारी साधन पारखीका लागि नयाँ र रोमाञ्चक एक्सचेन्ज अफर ल्याएको छ । यो अफर २०८२ बैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरूममा लागु हुनेछ ।

यामाहा ब्लु फेस्टको भव्य सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकलाई एक्सचेन्ज र उत्सवको अवसर प्रदान गरेको हो । जुनसुकै ब्राण्डको पुरानो सवारी साधनमा न्यूनतम रु. २५ हजारको भ्यालुएसन (कर चुक्ताको प्रमाणपत्र अनिवार्य), एक्सचेन्ज भ्यालु अझ बढाउन थप रु. १० हजार को अतिरिक्त भ्यालुएसनको ग्राहकले फाइदा लिन सक्नेछन् ।

धरौटी बिना नै सजिलो फाइनान्सिङ सुविधा, यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९ प्रतिशत व्याजदरमा सस्तो किस्ताबन्दी सुविधा, “Thrill of 3” अफर अन्तर्गत रु. १ लाखसम्मको स्योर शट छुट र उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोट्र्स ब्याग र बाइक कभर जस्ता निःशुल्क एसेसरिजको सुबिधा रहेको छ ।

यामाहाका भर्साटायल र डाइनामिक मोडलले हरेक प्रकारका चालकको लागि उपयुक्त रोजाइ सुनिश्चित गर्दछ । हाइ–माइलेज र स्मार्ट पर्फर्मेन्सका लागि डिजाइन गरिएको RayZR 125FI Hybrid देखि लिएर रेसिङ पारखीबीच लोकप्रिय बनेको स्पोर्टी र आक्रामक च्१ सम्म, यामाहाको मोडलहरू फरक फरक आवश्यकता अनुसार उपलब्ध छन् ।

बलियो स्ट्रीट फाइटर लुक्स चाहनेका लागि शक्तिशाली R15 उपयुक्त विकल्प हुन सक्छ भने, १५५ सिसी इन्जिन र लिक्विड कुलिङ प्रविधिसहितको MT-15 V2 ले नयाँ खालको स्पोर्टी स्कुटरको अनुभव दिन्छ । अफ–रोड साहसिक यात्राका लागि अत्यन्तै कडा र भरपर्दो बनावटको WR 155R तयार छ ।

दैनिक सवारीका लागि स्टाइल, पर्फर्मेन्स र लक्जरीको उत्कृष्ट संयोजन चाहनेका लागि FZ-S V3 आदर्श विकल्प हो, जसमा यामाहाको विश्वासिलो ब्लु कोर प्रविधि र मस्कुलर स्ट्रीट डिजाइन समावेश गरिएको छ । नेपालमा एमएडब्लु राइड्स अन्तर्गत सञ्चालन भइरहेको यामाहा, अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट ग्राहक सेवाका लागि अत्यन्तै विश्वासिलो ब्रान्ड हो ।

यामाहा सधैं नयाँ प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्दै नेपालभर उत्कृष्ट सवारी अनुभव प्रदान गर्न प्रतिबद्ध छ । आफ्नै नजिकको आधिकारिक यामाहा शोरूममा गएर यो भव्य एक्सचेन्ज अफरको फाइदा लिन सकिनेछ ।

You might also like

Comments are closed.