पोखरामा ‘यामाहा मेघा एक्सचेन्ज’ अफर चल्दै, ग्राहकलाई मोटरसाईकल र स्कुटरमा छुटसहितको सेवा

पोखरा । पोखरामा जारी ‘यामाहा मेघा एक्सचेन्ज’ अफरमा ग्राहकको आकर्षण बढेको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर भि.ए.डब्लु ईन्टरप्राईजेज प्रालिले पोखरा–१० अमरसिंहचोकस्थित अमरसिंहचौरमा यामाहा ब्राण्डका ग्राहकलाई लक्षित गर्दै ‘यामाहा मेघा एक्सचेन्ज’ अफर ल्याइएको हो ।

मेघा एक्सचेञ्जको अवसर पारेर सेवा लिन आउने ग्राहकलाई सुलभ सेवा प्रदान भइरहेको भि.ए.डब्लु ईन्टरप्राईजेज प्रालिका महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार एक्सचेन्ज अफरमा यामाहा ब्राण्डका मोटरसाईकल तथा स्कुटरमा छुटसहितको सेवा दिइएको हुँदा सेवा लिन आउने ग्राहक सन्तुष्ट बनेका छन् ।

मेघा एक्सचेञ्जमा सम्पूर्ण पोखरेली ग्राहकले रोमाञ्चक डिल र छुटहरू प्राप्त गर्न सकिनेछ । एक्सचेञ्ज अफरमा विशेष छुट अन्तर्गत नयाँ मोटरसाईकलमा नगद ६ हजार र पूराना मोटरसाईकलको मूल्याङ्कनमा थप १० हजारसम्म अतिरिक्त मूल्याङ्कन ग्राहकले प्राप्त गर्नेछन् । साथै, हेलमेट, लेग गार्ड, फुट म्याट, बाइक कभर र ब्याग जस्ता निःशुल्क सामानहरू पनि ग्राहकलाई प्रदान गरिनेछ ।

मेघा एक्सचेञ्जमा ग्राहकले आफ्नो पूरानो मोटरसाईकल र स्कुटरलाई ब्राण्ड न्यु यामाहा दुईपाङ्ग्रे सवारी साधनसँग साट्न सक्ने कम्पनीले बताएको छ । मेघा एक्सचेञ्जले अब आफ्नो दुईपाङ्ग्रे सवारीको अपग्रेड गर्न पहिलेभन्दा झन् सजिलो र फाइदाजनक बनाएको छ ।

एक्सचेञ्ज अफर कार्यक्रम अन्तर्गत यामाहा एफजेड, यामाहा रे–जेड सिरिज, यामाहा एफजेड सिरिज, यामाहा एमटी, यामाहा आरवान फाइभ, यामाहा टिवाईएफ एईरोक्सलगायतका मोटरसाईकल तथा स्कुटरमा विशेष अफर उपलब्ध भइरहेको छ ।

एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपाल एक अग्रणी दुईपाङ्ग्रे ब्राण्ड भएको कम्पनीले दाबी गरेको छ । जुन अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन तथा ग्राहक सन्तुष्टिप्रति प्रतिबद्धताको लागि परिचित मानिन्छ ।

You might also like

Comments are closed.