काठमाडौं । यामाहा नेपालले गोरखा–६ मा अवस्थित नयाँ थ्रिएस फ्यासिलिटी (सेल्स, सर्भिसरस्पेयरपाट्र्स) चन्दा सप्लायर्स शुभारम्भ गरेको छ । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, नगर उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले संयुक्त रुपमा सप्लायर्स उद्घाटन गरेका हुन् ।
चन्दा सप्लायर्सले यामाहाको विश्वासिलो थ्रिएस अनुभव एउटै छानामुनि उपलब्ध गराएको छ । यसमार्फत ग्राहकले सम्पूर्ण बिक्री परामर्श, भरपर्दो बिक्रीपछिको सेवा तथा जेनुइन स्पेयर पाट्र्स एकै स्थानमा पाउनेछन् । उत्साहमा थप वृद्धि गर्दै यामाहा नेपालले सो अवसरमा आफ्ना लोकप्रिय एफजेड र एमटी श्रृंखलाका नयाँ भेरियन्ट सार्वजनिक गरेको छ ।
यी नयाँ मोडलले ताजा स्टाइल र नेपाली राइडरलाई लक्षित एडभान्स्ड फिचरसहित यामाहाको पोर्टफोलियोलाई अझ सशक्त बनाएका छन् ।एमएडब्ल्यु राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले गोरखा तथा आसपासका राइडरलाई स्टाइल, प्रदर्शन र भरोसानको संयोजन भएका अझ धेरै विकल्पहरू प्रदान गर्ने जनाए ।
चन्दा सप्लायर्सका कार्यकारी निर्देशक चन्दनबाबु खत्रीले चन्दा सप्लायर्सबाट उच्च गुणस्तरका यामाहा दुईपांग्रे सवारी साधन उपलब्ध गराउने मात्र नभई भरपर्दो बिक्रीपछिको सेवामार्फत उत्कृष्ट ग्राहक अनुभव दिने लक्ष्य राखेको बताए । हरेक ग्राहकसँग दीर्घकालीन विश्वास कायम गरी उनीहरुका लागि बिक्रीदेखि सेवा र त्यसपछि पनि विभिन्न चरणसम्म सन्तुष्टि सुनिश्चित गर्ने उद्धेश्य रहेको उनी बताउँछन् ।
नयाँ शोरुमको उद्घाटन, नयाँ एफजेड र एमटि भेरियन्टको लञ्चसँगै यामाहा नेपालले आफ्नो फैलिँदै गरेको डिलर सञ्जाललाई अझ सशक्त बनाएको छ । अब गोरखा तथा आसपासका क्षेत्रका ग्राहकले यामाहाका सम्पूर्ण मोटरसाइकल, स्कुटर, विज्ञ सर्भिस रस्पेयर पाट्र्स सहजै प्राप्त गर्न सक्नेछन् ।
एमएडब्ल्यु राइड्स अन्तर्गत यामाहा नेपालले आफ्नो नवीन इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र ग्राहक सन्तुष्टि प्रतिको प्रतिबद्धताका कारण नेपालको सबैभन्दा विश्वासिलो दुईपांग्रे ब्राण्डमध्ये एकको रुपमा आफ्नो अग्रस्थान कायम राख्दै आएको छ ।
Comments are closed.