‘यामाहा ब्लु फेस्ट’मा आकर्षक भ्यालुएसन र अफरसहित एक्सचेन्जको सुबिधा

काठमाडौं । ललितपुरको लगनखेलमा ‘यामाहा ब्लु फेस्ट २०८२’ सुरु भएको छ । नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ बिहिबार लगनखेल बसपार्कमा उद्घाटन गरिएको छ ।

वाडाका अध्यक्ष श्रीनारायणलाल अवाले र एमएडब्ल्यु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बिहिबार देखि सुरु ब्लु फेस्ट आउँदो असार १७ गतेसम्म चल्नेछ । विभिन्न ब्राण्डका जुनसुकै मोटरसाइकल आकर्षक भ्यालुएसन र अफरसहित सहजै एक्सचेन्ज गर्न पाइने सुबिधा छ ।

कुनै पनि ब्राण्डका मोटरसाइकललाई उत्कृष्ट मूल्याङ्कन र फाइदाका साथ साट्ने अवसर प्राप्त हुनेछ । जुनसुकै ब्राण्डका मोटरसाइकल एक्सचेन्ज गर्न मिल्ने, यामाहा बाइक वा स्कुटरमा न्यूनतम रु. ५० हजारको मुल्याङ्कन, अन्य ब्राण्डमा न्यूनतम रु. २५ हजारकोको मुल्याङ्कन (कर चुक्ता अनिवार्य), एक्सचेन्जमा अतिरिक्त रु. १० हजार बोनस, ६ हजार सम्मको नगद छुट, फ्री एक्सेसरिज, निःशुल्क आर्थिक वर्ष २०८२/८३ को सडक कर भुक्तान, ७.९९ प्रतिशत ब्याजदरमा वित्तपोषण, ग्यारेन्टर आवश्यक नपर्ने सुविधा अफर ल्याइएको छ ।

चाहे दैनिक यात्रा गर्ने यात्रु होस्, रेसिङ प्रेमी होस् वा एडभेन्चर खोज्ने साहसी राइडर, यामाहा नेपालले हरेक प्रकारका यात्रुका लागि बनाइएका विविधतायुक्त र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको छ । ARAI प्रमाणित ७१.३३ कि.मी.प्रतिलिटरको माइलेज रहेको नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर RayZR 125FI Hybrid देखि स्टाइलिस र स्पोर्टी लुकसहितको Yamaha R15 V4 सम्म,यामाहाले आफ्नो स्तर सधैं उच्च राखेको छ ।

सडकमा दमदार उपस्थिति चाहनेहरूले  MT-15 V2 र FZ V3 सिरिज रोज्न सक्छन् भने स्पोर्टी डिजाइनसहितको पर्फर्मेन्स स्कुटरको रूपमा Aerox 155 ले आफ्नो फरक पहिचान बनाएको छ। अफ–रोडका लागि Aerox 155 जस्ता भरपर्दा बाइकहरू पनि उपलब्ध छन्। यामाहाका यी सम्पूर्ण सवारी साधनहरूमा प्रयोग गरिएको उच्चस्तरीय जापानी प्रविधिले सुरक्षित, कुशल र रोमाञ्चक राइडिंग अनुभव प्रदान गर्दछ।

एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल देशको सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपांग्रे ब्राण्डमध्ये एक हो । अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका लागि परिचित छ । यामाहाले निरन्तर रूपमा उत्कृष्ट प्रविधि र सेवाको सीमा फैलाउँदै देशभर नै उत्कृष्ट राइडिङ एक्सपिरियन्स प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.