काठमाडौं । नेपालमा यामाहा दुई नयाँ भेरियन्टका मोटरसाइकल सार्वजनिक भएको छ । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु राइड्सले आजदेखि सुरू भएको नाडा अटो शो २०२५ मा यामाहा एमटी–१५ भी २ र एफजेड एस भी ३ डीएलएक्सको नयाँ भेरियन्ट सार्वजनिक गरेको हो ।
यससँगै अब नेपालमा एमटी–१५ भी २ आइसीई स्ट्रोम र भीभीएम भेरियन्ट दुवै भेरियन्टमा उपलब्ध भएको छ । एफजेड एस भी ३ डीएलएक्स भने आइसीई फ्लिओ भर्मिलेन भेरियन्टमा मात्र उपलब्ध भएको छ । एमएडब्लु राइड्सका अध्यक्ष विष्णुकुमार अग्रवालले नयाँ भेरियन्टहरूले यामाहाको विश्वव्यापी डिजाइनको पहिचान दिने र राइडरहरूलाई नयाँ ट्रेन्ड सेट गर्ने विकल्प दिएको बताए ।
एमटी १५ भी २ का आइसीई स्ट्रोम र भीभीएम भेरियन्टहरूले पहिलेदेखि नै स्ट्रीटफाइटरमा नयाँ आकर्षक व्यक्तित्व थपेका छन्, भने एफजेड एस भी ३ डीएलएक्स को आइसीई फ्लिओ भर्मिलेन भेरियन्टले यामाहाको प्रसिद्ध फेड सिरिजमा बोल्ड र आधुनिक शैली थपेको छ । यी नयाँ भेरियन्टहरूले यामाहाको विश्वव्यापी डिजाइनको पहिचान दिने र राइडरहरूलाई नयाँ ट्रेन्ड सेट गर्ने विकल्प दिन्छन्,’ उनले भने ।
कम्पनीले नाडाको अवसरमा विशेष अफर समेत ल्याएको छ । ग्राहकले हरेक मोडलका मोटरसाइकल र स्कुटरमा ७ हजार रुपैयाँसम्म नगद छुट पाउने छन् । त्यस्तै, मोटो जीपी रेस प्रत्यक्ष अनुभव गर्ने मौका र एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाउने कम्पनीले जनाएको छ ।
नाडामा यामाहा ब्लू च्याम्बर स्टल नंं. टीडब्लू १ मा रहेको छ । आजदेखि सुरु भएको नाडा अटो शो आउँदो भदौ ८ गतेसम्म सञ्चालन हुनेछ ।
Comments are closed.