न्यूयोर्क/अमेरिका । संयुक्त राष्ट्रसंघ खाद्य राहत एजेन्सीले बुधबार १३ मिलियन यमनीहरूलाई प्रदान गरिरहेको खाद्य सहायतालाई निरन्तरता दिन कोष सकिन लागेको जनाएको छ ।
मध्य पूर्व र उत्तरका लागि विश्व खाद्य कार्यक्रम का क्षेत्रीय निर्देशक कोरिन फ्लिसरले सो कुरा बताएका हुन् । यमनका परिवारहरू जो बाँच्नको लागि विश्व खाद्य कार्यक्रमको खाद्य सहायतामा निर्भर छन् । यमनमा खाद्य सङ्कट गहिरिदै गर्दा तिनीहरूका लागि सबैभन्दा खराब समय आउँदै गरेको टिप्पणी भइरहेको छ।
जनवरीदेखि यमनमा ठूलो सङ्ख्यमा जनताहरू खाद्य सङ्कटमा फसेका छन् र विश्व खाद्य कार्यक्रमको सहयोगको तीव्र र निरन्तर पर्खाइमा छन् । यसका पछाडि मुद्राको अवमूल्यन र उच्च मुद्रास्फीति मुख्य कारण रहेको बताइएको छ । विगत तीन महिनादेखि यहाँका प्रायः सबै परिवारमा यसको प्रत्यक्ष असर देखिएको छ ।
‘यमनी जनता अहिले पहिले भन्दा धेरै कमजोर छन्, निरन्तर द्वन्द्व र गहिरो आर्थिक संकटले लाखौंलाई विपन्नतामा धकेलिरहेको छ,’ फ्लिसरले टिप्पणी गरेका छन्। रासस/एएनआई
Comments are closed.