काठमाडौं । आज आफ्नो विमान पोखरामा दुर्घटनामा परेपछि यती एयरलाइन्सले भोलि हुने सबै उडान रद्द गरेको छ। कम्पनीका अनुसार भोलिका सबै उडान रद्द भएका हुन्।
काठमाडौंबाट पोखरामा उडान भरेको जहाज दुर्घटना भएसँगै उडान रद्द भएका हुन्। ९एन एनसी एटीआर ७२ ५०० विमानमा परी ज्यान गुमाउने यात्रुहरुको शोकमा निर्धारित सबै नियमित उडान रद्द गरिएको एयरलाइन्सले जनाएको छ।
एयरलाइन्सले आपत्कालीन र उद्धारका उडानहरु भने सुचारु हुने बताएको छ।
Comments are closed.