युरो एनक्यापको क्र्यास टेष्टमा बीवाईडी सिलायन ७ ले पायो ५ स्टार रेटिङ

काठमाडौं । बीवाईडी सिलायन ७ ले नयाँ उपलब्धि हासिल गरेको छ । हालै युरो एनक्यापद्वारा गरिएको क्र्यास टेस्टमा सिलायन ७ ले फाइभ स्टार मूल्याङ्कन प्राप्त गर्दै नयाँ उपलब्धि हासिल गरेको हो ।

युरोपको युरो एनक्याप परीक्षणलाई विश्वकै सबैभन्दा कठिन क्र्यास टेष्टमध्ये एक मानिन्छ । बीवाईडी सिलायन ७ ले वयस्क सुरक्षा, बाल सुरक्षा, सडक सुरक्षा र सुरक्षा सहयोगजस्ता क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको छ । वयस्क सुरक्षामा यसले ८७ प्रतिशत स्कोर हासिल गरेको जनाइएको छ ।

लक्जरी ईभीका रूपमा, बीवाईडी सिलायन ७ मा ८२.५६ किलोवाट ब्याट्री प्याक जडान गरिएको छ । इन्ट्री–लेभल प्रिमियम भेरिएन्टले एक पटक चार्ज गर्दा ५६७ किलोमिटरको दाबी गरिएको रेन्ज प्रदान गर्छ । पर्फर्मेन्स संस्करणले भने ५४२ किलोमिटरको रेन्ज दिन्छ तर यसको पावर ५२० बीएचपीभन्दा बढी र टर्क ६९० एनएम रहेको छ, जसले बढी प्रदर्शन सुनिश्चित गर्छ ।

सुविधाको लागि दुबै भेरिएन्टमा १५.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, १२ वटा स्पिकर, प्यानोरामिक ग्लास रूफ, वायरलेस चार्जर, लेभल २ एडीएएस सुइट, ३६०–डिग्री क्यामेरा र चालक थकान निगरानी सिस्टम उपलब्ध छ ।

सुरक्षाका हिसाबले, दुबै भेरिएन्टमा ११ वटा एयरब्याग प्रदान गरिएको छ । बीवाईडी सिलायन ७ ले हुन्डाई आयोनिक ५, भल्भो ईएक्स४० र बीएमडब्ल्यु आईएक्स१ एलडब्ल्युसँग प्रतिस्पर्धा गर्छ ।

You might also like

Comments are closed.