उडानमा स्वास्थ्य मापदण्ड पालना गर्न यती एअरलाइन्सको अनुरोध

काठमाडौं ।  पछिल्लो समयमा विश्वमानै कोभिड-१९ संक्रमण बढिरहको अवस्थालाई मध्यनजर गर्दै यती एअरलाइन्सले स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

एअरलाइन्सले एक सूचना जारी गदै कोभिड-१९ को संक्रमण बढिरहेको हुँदा यती एअरलाइन्सका सम्पूर्ण उडानहरु स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी सञ्चालन भइरहेको जानकारी दिई स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउन सबैलाई अनुरोध गरेको हो ।

त्यस्तै,यात्रुहरुले पनि उडानका क्रममा स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पूर्ण रुपले पालना गरी निवार्य मास्क, स्यानिटाईजर प्रयोग, भौतिक दुरी कायम गरी जोखिम न्यूनीकरणमा सहयोग गरिदिन अनुरोध एअरलाइन्सले गरेको छ ।

यती एअरलाइन्सले सूचना जारी गर्दै भनेको छ, ‘हाल कोभिड-१९ को संक्रमण बढिरहेको हुँदा यती एअरलाइन्सका सम्पूर्ण उडानहरु स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी सञ्चालन भइरहेको जानकारी गराउँदछौं । यात्रु महानुभावहरुले पनि उडानका क्रममा स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पूर्ण रुपले पालना गर्नुहुन, अनिवार्य मास्कको प्रयोग गर्नुहुन, स्यानिटाईजर प्रयोग गर्नुहुन, भौतिक दुरी कायम गर्नुभई जोखिम न्यूनीकरणमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’

You might also like

Comments are closed.