काठमाडौं । हालै विभिन्न सामाजिक सञ्जालहरुमा यती एअरलाइन्सको २०औं वार्षिकोत्सवको अवसरमा विभिन्न प्रवर्द्धन कार्यक्रम घोषणा भनी भ्रमपूर्ण पोस्टहरु भएको प्रति यती एअरलाइन्सले ध्यानाकर्षण भएको जनाएको छ ।
‘२४ वर्ष पूरा गरेको यती एअरलाइन्सले हाल कुनै पनि प्रबर्द्धनात्मक कार्यक्रम नल्याएको जानकारी दिंदै त्यस्ता भ्रमपूर्ण सन्देशहरुको बेवास्ता गर्नुहुन अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
आधिकारिक घोषणा सम्बन्धि जानकारीका लागी यती एअरलाइन्सको वेबसाइट वा सामाजिक सञ्जालका पृष्ठहरूमा अद्यावधिक रहन समेत कम्पनीले अनुरोध गरेको छ ।









Comments are closed.