पोखरा, २१ फागुन ।
नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले स्थापना दिवसको अवसरमा मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९गण्डकी अस्पताल० पोखरालाई पानी शुद्धिकरण गर्ने मेशिन ९युरोगार्ड० सहयोग गरेको छ । नेपाल ट्रेड युनियन काँग्रेसको ७३ औं स्थापना दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पानी शुद्धिकरण गर्ने मेशिन सहयोग गरेको हो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिका पूर्व वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा, नेपाल ट्रेड युनियन काँग्रेस कास्कीकी निर्वतमान अध्यक्ष कुलदेवी बराल, सल्लाहकार माधव बराल र कास्कीका अध्यक्ष विजयराज भण्डारीले संयुक्त रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा।अर्जुन आचार्यलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल ट्रेड युननिय काँग्रेस राष्ट्रिय समितिका पूर्व वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले ट्रेड युननिय काँग्रेस सधै श्रमिकका पक्षमा वकलात गर्दै जाने बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा।अर्जुन आचार्यले ट्रेड युनियन काँग्रेसको सहयोग प्रति आभार व्यक्त गरे । नेपाल ट्रेड युनियन काँग्रेस गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाल मजदुर संघका नाममा २००३ सालमा स्थापना भएको हो । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमलबहादुर सापकोटाले स्वागत र सचिव रुद्र तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
Comments are closed.