आगलागी हुँदा लेकसिटी मार्केटमा क्षति, लेखनाथमा छुट्टै दमकल राख्न माग

आर्थिक आवाज
लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको लेकसिटी मिनी मार्केटमा आगलागी भएको छ । बिहीबार राति भएको भीषण आगलागीबाट लेखनाथ उद्योग वाणिज्य संघका सदस्य तथा अन्य व्यावसायिक फर्महरुमा भएको आर्थिक तथा भौतिक क्षतिप्रति संघले दुःख व्यक्त गरेको छ ।

आगलागीले संघका सदस्यहरु शुभकामना इलेक्ट्रिकल्स (प्रोपाइटर मनोज अधिकारी), लेकसिटी मिनी मार्केट (संचालक दयाराम तिवारी, कृष्णप्रसाद तिवारी, शोभाकुमारी तिवारी) र त्यहाँ संचालनमा रहेका अन्य सबै व्यावसायिक फर्महरुमा करौडौंको क्षति भएको प्रारभिक अनुमान गरिएको संघका अध्यक्ष बलराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आकस्मिक रुपमा यस्ता आगजनीपूर्ण भवितव्य कुनै पनि समयमा हुनसक्ने भएका कारण पोखरा महानगरपालिकाको एउटा ठूलो भूभाग ओगटेको यस लेखनाथ क्षेत्रमा छुट्टै रुपमा दमकलको व्यवस्था गर्न पोखरा महानगरपालिकासँग संघले मागसमेत गरेको छ ।

jutta mela

‘लेखनाथ उद्योग वाणिज्य संघ यस्ता विपत्तिबाट हुने क्षति कम गर्न र विपत्तिको समयमा यथासिघ्र सहयोग पु¥याउनका लागि आवश्यक व्यवस्था मिलाउन सरोकारवाला निकायहरुमा हार्दिक अनुरोध गर्दै आगलागीबाट पीडितहरुलाई आ आफ्नो क्षेत्रबाट सघाउन र यथोचित क्षतिपूर्तिको प्रवन्ध मिलाउनको लागि जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

तस्बिरः सन्दिप पौडेल

You might also like

Comments are closed.